वम विस्फोटको विरोधमा लहान बजार ठप्प

वम विस्फोटको विरोधमा लहान बजार ठप्प

सिरहा : पसलमा वम विस्फोट गराएको विरोधमा उधोग बाणिज्य संघको आह्वानमा शनिबार लहान बजार बन्द भएको छ । संघले बिहानै बजार क्षेत्रमा माइकिङ गरेर बजार बन्द गराएको हो । वम बिस्फोट घटनाको विरोधका लागि बजार बन्द गरिएको संघले जनाएको छ।

बजार बन्द भएका कारण बजार क्षेत्र सुनसान देखिएको छ । अचानक पसल बन्द हुुँदा उपभोक्ता मारमा परेका छन् । गाउँघरबाट किनमेल गर्न बजार आएका उपभोक्ताहरू रित्तै हात फर्केका छन्।

शुक्रबार दिउँसो १ बजे लहान नगरपालिका ७ स्थित विकास ट्रेडर्स ९सुनचांदी पसल०मा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । विस्फोटमा पसल संचालक विकास सारडा, उनका भाई राहुल साडा, एक ७ वर्षीय बालकलगायतका ८ जना घाइते भएका छन् । घाइते बालक, उनकी आमासहित चार जनाको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा जारी रहेको र बाँकीले उपचार गराई घर फर्केको प्रहरीले जानकारी दिएको छ।

वम बिस्फोट गराउनेहरूलाई पक्राउ गरी कडा कारवाही र व्यापारीको सुरक्षाको प्रत्याभुति स्थानीय प्रशासनले गराउनुपर्ने संघका अध्यक्ष सुनिल महतोले माग गरेका छन् । उनले यहाँका व्यापारीहरू दिनप्रतिदिन असुरक्षित हुुँदै गएकोमा चिन्ता व्यक्त गरे । सुरक्षाको प्रत्याभुति गराउन प्रहरी प्रशासन संवेदनशिल हुनुपर्ने उनको भनाई छ।


बजार बन्द रहेपनि यातायात भने संचालनमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.