अरुण तेस्रोका म्यानेजरको पौडी खेल्दा डुबेर मृत्यु

अरुण तेस्रोका म्यानेजरको पौडी खेल्दा डुबेर मृत्यु

खाँदबारी : अरुण तेस्रो जलविद्युत परियोजना सङ्खुवासभामा कार्यरत सिनियर म्यानेजरको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशका ३५ वर्षीय गौरब नेगी गुरुङको खाँदबारी–९ सभाखोलामा पौडी खेल्ने क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खाँदबारी–९ मा रहेको परियोजना भवन उद्घाटनका क्रममा लगाइएको पुजा पछि गुरुङ फूलपाती सेलाउन खोलामा गएका थिए । उनी पौडी खेल्ने क्रममा डुबेपछि तत्काल उद्धार गरी उपचारका लागि मनकामना अस्पताल तुम्लिङटार लगिएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १८ किलोमिटर दक्षिणमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.