सेनाको परीक्षामा १२ नक्कली परीक्षार्थी पक्राउ

सेनाको परीक्षामा १२ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं : नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।

पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौं मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनिषा विष्ट र दोलखाकी सम्झना मगर रहेका छन् ।

यसैगरी भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैैलालीका समिप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीका रुपमा परीक्षामा सामेल रहेकै अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केही भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रवि पौडेलले नक्कली परीक्षार्थीको अभियोगमा पक्राउ परेकालाई कानून अनुसार कारवाही चलाइने बताए ।

केही विद्यार्थीले आफूलाई गाडीमा राखेर परीक्षा दिन पठाएको भनी बयान दिएपछि नक्कली परीक्षार्थीको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लोकसेवाले परीक्षा सञ्चालन गर्ने भएकाले नक्कली परीक्षार्थीको संलग्नताको सूचना प्राप्त भए पनि त्यसबारे अरु कुराको जानकारी नभएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.