फोटो पत्रकार क्लबको अध्यक्षमा पुनः अन्नपूर्णकर्मी कार्की

फोटो पत्रकार क्लबको अध्यक्षमा पुनः अन्नपूर्णकर्मी कार्की

काठमाडौँ: फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको नवौँ साधारणसभाबाट अन्नपूर्णकर्मी विकास कार्की पुन: अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार भएको सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि अन्नपूर्ण पोष्टका फोटो सम्पादक विकास कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्कीको अध्यक्षतामा चयन ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका केशबराज थोकर, महासचिवमा कान्तिपुर पब्लिकेशनका श्रुति श्रेष्ठ र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिका काफ्ले र सचिवमा नयाँ प्रत्रिकाका ज्ञानेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी ६ सदस्यहरुमा नयाँ प्रत्रिका अमूल थापा, द काठमाडौँ पोष्टका प्रकाश तिमलसेना, नेपाली टाइम्सका बिक्रम राई, गोरखापत्रका बिकास द्वारे, कान्तिपुरका हेमन्त श्रेष्ठ र स्पोर्टस टाइम्सका शंकर ब्यनजनकार निर्बिरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहबीच निर्वाचन समितिका संयोजक अधिबक्ता पबित्रा राउत र नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा एशोसियट संयोजक पवन आचायले प्रमाणपत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघको महासचिब रमेश बिष्टको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेन्द्र श्रेष्ठ किरण पाण्डे र निवर्तमान अध्यक्ष प्रकास माथेमा पनि उपस्थित थिए ।

विष्टले फोटो पत्रकारिताको महत्व झन् बढ्दै गएको बताउँदै तस्बिरको भाषा सशक्त हुने भएकाले फोटो पत्रकारहरुका समस्याबारे महासंघ संवेदनशिल रहेको उल्लेख गरे।

फोटो पत्रकारहरुको न्यूनतम पारिश्रमिक र उनीहरुका क्यामेराको बीमाबारे क्लबसँग सहकार्य गर्ने विष्टले बताए। यसैगरी क्लबले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबलाई दिएको योगदानका लागि धन्यवाद प्रस्ताव पास गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.