अपडेटः सेनाका १९ जना नक्कली परीक्षार्थी पक्राउ

अपडेटः सेनाका १९ जना नक्कली परीक्षार्थी पक्राउ

महेन्द्रनगरः सैनिक जवान पदको लिखित परीक्षामा १९ जना नक्कली परीक्षार्थी फेला परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अरुको नाममा परीक्षामा सहभागी उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सञ्चालन भइरहेको परीक्षामा पक्राउ गरिएको उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लोक सेवा आयोगले सैनिक पदको लागि लिखित परीक्षा सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेटीले सूचनाको आधारमा पक्राउ गरिएको बताए । ‘हामीलाई विशेष सूचना आयो’ उनले भने, ‘परीक्षा हलमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो’ ।

डिएसपी सेटीले पक्राउ परेका नक्कली परीक्षार्थीहरुलाई कानुनी कारबाही अगाडी बढाइएको बताए । ‘हामीले लोकसेवा आयोगसँग छलफल गरेर थप प्रक्रिया अघि बढाउछौं’, उनले भने ।

नियमानुसार जसको नामबाट परीक्षा दिइएको हो, उक्त व्यक्तिले समेत ५ वर्षसम्म लोकसेवाका कुनैपनि परीक्षामा सहभागी हुन नपाउने प्रावधान छ । नक्कली परीक्षार्थी र सम्बन्धित परीक्षार्थी दुवैलाई उक्त कारवाही हुने प्रावधान रहेको लोकसेवा आयोगले जनाएको छ । शारीरिक परीक्षणमा उत्र्तीण भएकालाई शनिबार लिखित परीक्षामा सहभागी गराइएको हो ।

लोकसेवा आयोग महेन्द्रनगर कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार शनिबार ४ सय ८० जना परीक्षार्थी सहभागी थिए । बिहान १० बजेदेखि सुरु परीक्षामा केन्द्राध्यक्षले चेकजाँच गर्ने क्रममा १९ जना नक्कली भएको फेला परेको कार्यालयले जनाएको छ । परीक्षा दिन लगाउने र दिने दुवैको विवरण केन्द्रीय कार्यालयमा पठाएपछि केन्द्रले नै कारवाहीको निर्णय गर्ने महेन्द्रनगरस्थित कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.