ह्यासिसदेखि होसियार
विश्वको पूरा नक्सामा नेपाल भन्ने सिंगो देशकै पनि त्यस्तो खास महत्व रहेको हामी देख्दैनौं। तर यस्तो देशको एउटा सानो सहरको पनि अझ एउटा टोलले कुुुुनै बेला अमेरिका जस्तो महाशक्तिको पनि टाउको खाएको थियो भनेको सुुुुन्दा हामीलाई अचम्म लाग्न सक्छ। एक समय अमेरिकाकै लागि समेत टाउको दुुुुःखाइ बनेको काठमाडौंको त्यो सानो टोल थियो– झोछेँ। जसलाई अमेरिकीहरू झोछेँ होइन, ‘फ्रिक स्ट्रिट’ को नामले जान्दछन्।
विश्वको पूरा नक्सामा झोछेँ देखाउन सम्भव छैन। नक्सामा सियोको टुुुुप्पो जत्रो थोप्लो मात्रै हाले पनि त्यो झोछेँभन्दा निकै ठूलो हुुुुन सक्छ। तर त्यो खोजेर पनि देख्न नसकिने सानो टोलको गुुुुरुत्वाकर्षण शक्ति भने यति भयंकर थियो कि त्यसले अमेरिका र युुुुरोपजस्तो भीमकाय ताराहरूलाई समेत आफूतिर तानिरहेको थियो, ब्रम्हाण्डमा नदेखिने ब्ल्याक होलले जस्तो।
सन् १९७० को दशकतिर वसन्तपुुुुर छेउतिर पर्ने स्थानीय झोछेँ टोल युुुुरोप र अमेरिकामा ‘फ्रिक स्ट्रिट’ नामले परिचित थियो। खासगरी हिप्पी जीवनमा रमाउने स्वदेशी तथा विदेशीहरूका लागि फ्रिक स्ट्रिट जिउँदै पुुुुग्न सकिने स्वर्ग थियो। त्यहाँ ह्यासिस, चरेस, ब्राउन सुुुुगर, ह्वाइट सुुुुगरजस्ता सबैखाले लागू पदार्थ खुुुुल्ला रूपले बिक्री हुुुुन्थ्यो। लागू पदार्थको त्योजस्तो खुुुुल्ला बजार संसारमा अरू कतै थिएन होला, सायद। त्यही भएर अमेरिका र युुुुरोपका हिप्पीहरू दुुुुनियाँको जम्मै देश घुुुुमिसक्दा पनि लागू पदार्थको त्यो मक्का–मदिना एक पटक दर्शन नगरी स्वदेश फर्कंदैनन्।
त्यतिबेला त्रिभुुुुवन विमानस्थलबाट सीधा फ्रिक स्ट्रिट रुटमा चल्ने बस सेवासमेत उपलब्ध थियो। भारत हुुुुँदै नेपाल आउने पर्यटकहरू नेपाली सीमादेखि सीधै फ्रिक स्ट्रिट पुुुुग्ने बस चढेर काठमाडौं आउथे। उनीहरू आफूलाई चाहिने जति लागू पदार्थ यहीँबाट किनेर स्वदेश लान्थे। कोही बेच्ने प्रयोजनले लग्थे। त्यतिबेला अमेरिकामा कोलम्बिया, पनामा, मेक्सिको आदि जस्ता छेवैका देशबाट लागू पदार्थ छिरिसकेको थिएन। त्यो एसियाबाटै, अझ विशेषगरी नेपालबाट जान्थ्यो। त्यसले अमेरिकी युुुुवालाई हुुुुनसम्मकै नशामा डुुुुबाइसकेको थियो।
भनिन्छ, यसलाई रोक्न अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले राजा वीरेन्द्रलाई सीधै टेलिफोन गरी ‘फ्रिक स्ट्रिटको लागू पदार्थ बजारलाई तुुुुरुन्तै नियन्त्रण गर, होइन भने अमेरिकाले नेपाललाई दिँदै आएको सहायता रोक्नुुुुपर्ला’ भन्नेसम्मको धम्की दिएका थिए। त्यसपछि फ्रिक स्ट्रिटमा टुुुुरिस्टभन्दा पनि पुुुुलिस बढी देखिन थाले। प्रहरीले बेढंगका लुुुुगा लगाएका हिप्पीहरूलाई धमाधम समाउन थाले। उनीहरूलाई समातेर भारतीय सिमानातिर लगेर छोडिदिन्थे। झोछेँमा एक किसिमले ‘हिप्पी लुुुुगा’ लगाएर जान पनि प्रतिबन्धितजस्तै बन्यो। यसरी हिप्पीहरूको त्यो तीर्थस्थल हेर्दाहेर्दै विलीन हुुुुन पुुुुग्यो। सडक पुुुुरानै लयमा फर्के।
०००
फ्रिक स्ट्रिटको पुुुुरानो नाम त ‘झोछेँ’ हो। नेपाल भाषामा झोछेँको अर्थ ‘लहरै बसेको घर’ भन्ने बुुुुझिन्छ। यो खासगरी काठमाडौंको प्रमुुुुख सम्पदास्थल वसन्तपुुुुरको नजिकै भएको कारणले पनि यहाँ पर्यटक आउनुुुु स्वाभाविकै थियो। तर यहाँ पर्यटक बस्न मिल्ने गरी खोलिएको सम्भवतः पहिलो होटेल (लज) भने मरु गणेशथानभन्दा तल रहेको ‘द क्याम्प’ नामक होटेल थियो। पहिले यो अत्यन्त सुुुुनसान र शान्त ठाउँ थियो। त्यसको अलि पर नै विष्णुुुुमती खोला छ। पर्यटकहरू यहाँ आई आनन्द लिने गर्थे। यो होटेलको विशेषता के थियो भने पछि अरू धेरै राम्रा होटेलहरू खुुुुलिसक्दा पनि पुुुुरानो होटेल भएकोले सरकारले यसलाई ‘वन स्टार’को मान्यता दिएको थियो।
वसन्तपुुुुर घुुुुम्न आउने पर्यटकहरू बढे। होटेल लज अपुुुुग हुुुुन थाल्यो। क्याम्प होटेलभन्दा पछाडि खोला भएकोले त्यहाँ होटेल विस्तार गर्न मिलेन। त्यसैले, विस्तारै वसन्तपुुुुर र झोछेँतिर नयाँ नयाँ लजहरू खोल्न थालियो। यही नयाँ होटेल र लज विस्तारकै क्रममा यहाँ लागू पदार्थको व्यापार पनि फस्टाउन थाल्यो। लागू पदार्थको खुुुुल्ला बिक्री र उपभोग गर्न सकिने ठाउँ भएकोले यो एउटा ‘उन्मुुुुक्त सडक’ को रूपमा विकसित हुुुुन पुुुुग्यो। त्यसैलाई प्रतिविम्बित गरी झोछेँमा खोलिएको मोनालिसा रेस्टुुुुरेन्टले आफ्नो पसलको साइनबोर्डमा पहिलो पटक ‘फ्रिक स्ट्रिट’ भन्ने शब्द प्रयोग गरेको थियो। त्यसपछि झोछेँमाथि ‘फ्रिक स्ट्रिट’ हावी हुुुुन पुुुुग्यो। र, अन्ततः ठाउँको नाम नै ‘फ्रिक स्ट्रिट’ दर्ज भयो, जो अन्तर्राष्ट्रिय रूपले नै प्रख्यात थियो।
यही मोनालिसा रेस्टुुुुरेन्टको छेउछाउमै ‘कस्मोपोलिटन’ नामक अर्को एउटा होटेल थियो। त्यसका सञ्चालक थिए– डीडी शर्मा। भारतबाट आएर झोछेँमा काम सुुुुरु गरेका उनले थोरै समयमा यति धेरै प्रगति गरे कि उनले झोछेँसँगैको ओमबहाल टोलमा त्यतिबेलाको बिछट्टै अग्लो घर बनाएर ‘होटेल इडन’ सञ्चालन गरे, जुुुुन फ्रिक स्ट्रिटकै सबैभन्दा ठूलो लागू पदार्थको थोक विक्रेता थियो। फ्रिक स्ट्रिटमा लागू पदार्थले होटेल इडनलाई र होटल इडनले लागू पदार्थको व्यवसायलाई उत्कर्षमा पुुुु¥याएका थिए।
त्यो समय होटेल इडनले आफ्नो नामको मुुुुनि ‘इडन ह्यासिस सेन्टर’ भन्ने अर्को उपनाम पनि झुुुुन्ड्याउने गथ्र्यो। त्यसले ‘इडन ह्यासिस सेन्टर’ को नामबाट क्यालेन्डर निकालेर देशविदेशसमासमेत प्रचार गरेको थियो। अहिले पनि ओमबहालका केही मानिसको घरमा त्यो क्यालेन्डर रहेको हुुुुनुुुुपर्छ। बजारमा ह्यासिसका पनि विभिन्न भेराइटीहरू किन्न पाइन्थ्यो। जस्तो पहेँलो गाँजा, कालो गाँजा, बाघपुुुुच्छ«े गाँजा आदि। यदि कसैलाई घरैमा गाँजाको बोट लगाउने इच्छा छ भने त्यसको बीउ पनि फ्रिक स्ट्रिटमै पाइन्थ्यो।
होटेल इडनमा पाइने ह्यासिसको भेराइटी भने अलि अर्कै थियो। त्यहाँ ह्यासिसबाट बनाइएको केक, कफी, चिया आदिको आनन्द उठाउन पाइन्थ्यो। घर लाने वा विदेश लाने हो भने त्यहीअनुुुुसार प्याकिङको व्यवस्था पनि हुुुुन्थ्यो। उसकहाँ दिन वा रात जुुुुनबेला गए पनि चौबिसैघन्टा ह्यासिस उपलब्ध हुुुुने प्रचारसमेत थियो।
टोलभरि होटल इडनको चमकदमक तबसम्म चम्किरह्यो, जबसम्म सरकारले लागू पदार्थको कारोबारमाथि हमला बोलेन। जब फ्रिक स्ट्रिटमाथि सरकारी अपरेसन सुुुुरु भयो, त्यसको पहिलो निसाना नै होटेल इडन बन्यो। डीडी शर्माको नाममा वारेन्ट जारी भयो। उनी सपरिवार दिल्ली भागे। सरकारले होटेल इडनको भवन जफ्त गर्न खोजेको थियो। तर त्यो शर्माकी श्रीमतीको नाममा रहेकोले छुुुुन सकेन।
०००
सरकारले होटेल इडनलगायत फ्रिक स्ट्रिटको खुुुुल्ला बजार त बन्द गरायो। तर लागू पदार्थको कारोबार भने बन्द गर्न सकेन। त्यो भित्रभित्रै चलिरह्यो। त्यसको फाइदा भने अरू तŒवहरूले उठाए। बजारमा कडाइ भएपछि कारोबार भूमिगत रूपले सुुुुरु भयो। यसले बढी पैसा लिने, नक्कली ‘माल’ बेच्ने र पुुुुलिसको समेत सेटिङ मिलाउनुुुुपर्ने अवस्था भयो। लागू पदार्थको त्यो भूमिगत कारोबार हनुुुुमानढोकाका प्रहरीका लागि भने अर्को भन्सार बनेको थियो। उनीहरूले बाटोमा कोही जंकी भेट्यो कि त्यसलाई तुुुुरुन्तै समातेर हनुुुुमानढोका लग्थे। भित्र लगेर उसँग भएको जम्मै लागू पदार्थ कब्जा गर्थे। र, त्यसलाई बाहिर ल्याएर अर्को जंकीलाई बेच्न लगाउँथे। प्रहरीले जफ्त गरेको ‘माल’ प्रहरीकै हातबाट अर्को जंकीको हातमा पुुुुगिसकेको हुुुुन्थ्यो। यसरी जंकी र प्रहरीको मिलेमतोबाट भूमिगत बजार चलिरहेको थियो। प्रहरीलाई पैसाको खाँचो प¥यो भने उनीहरू झोछेँमा जंकी खोज्न थाल्थे। कहिलेकाहीँ समाइ सकेको जंकीलाई बीचैमा पैसा लिएर छोडिन्थ्यो। फ्रिक स्ट्रिटमा लागू पदार्थ बेच्ने को को जंकीसँग ‘माल’ छ र कोसँग छैन भन्ने कुुुुरा प्रहरीलाई थाहा हुुुुन्थ्यो। उनीहरूले जहिले पनि ‘माल’ भएकै जंकीलाई पक्रन्थे।
तर त्यस्ता जंकीहरूलाई समातेर लगे पनि खोरमा थुुुुन्न भने सजिलो थिएन। किनभने लागू पदार्थको लत लागिसकेपछि त्यो खान पाएन भने उनीहरूको नसा नसा र जोर्नीहरू दुुुुखेर उनीहरूको छट्पटाहट हेरिसक्नुुुु हुुुुँदैन। कोही कोही त बेसुुुुरमा ठूल्ठूलो स्वरले कराउने पनि हुुुुन्छन्। उनीहरूलाई कुुुुटेर पिटेर केही गरी पनि तह लगाउन सकिँदैन। खोरमा चारपाँच दिनसम्मै राखिसक्दा पनि उनीहरूलाई घरको कोही मान्छे भेट्न पनि आउँदैनन्। त्यसैले खानापिनाको व्यवस्था पनि प्रहरीले नै गर्नुुुुपर्ने हुुुुन्छ। त्यतिबेला उनीहरूलाई मुुुुद्दा चलाउन मिल्ने खासै कानुुन पनि बनिसकेको थिएन। त्यसैले जंकीलाई खोरमा राख्नुुुु आफैंमा अर्को समस्या थियो।
एकपटक मेरा दाजुुुु पनि त्यसरी नै हनुुुुमानढोका लगिएका रहेछन्। तीन चार दिनसम्म कसैले हेर्न गएनन्। हाम्रो लागि त उनी खोरमा पर्नुुुु नै आनन्द थियो। तर एकदिन सोधीखोजी गरी प्रहरी नै हाम्रो घरमा आइपुुुुग्यो। लागू पदार्थसहित समाइसकेको मान्छेलाई त्यसै छोड्न पनि मिलेन। तर खोरमा राख्न पनि सकिएन। त्यसैले अभिभावक आएर ‘अब आइन्दा यस्तो काममा लाग्ने छैन’ भन्ने कागज गराएर छोड्नुुुु उचित ठानेर प्रहरी आफंै घरमा बोलाउन आएका रहेछन्। हामी त्यतिबेला हनुुुुमानढोकाबाट पाँच–सात मिनेट टाढाको ओमबहाल टोलमा बस्ने गथ्र्यौं।
झोछेँ पहिला गाँजा, ह्यासिसको लागि मात्रै प्रख्यात थियो। स्म्याक भनिने ह्वाइट र ब्राउन सुुुुगरजस्ता लागू पदार्थ चाहिँ अलि पछि आइपुुुुग्यो। यो पदार्थ पूर्वी एसियाको थाइल्यान्ड, बर्मा र लाओस तीन देशको सीमा जोडिएको बीचको सुुुुनसान पहाडी क्षेत्रमा उत्पादन हुुुुन्थ्यो। तीन देशका सुुुुरक्षाकर्मीको पहुुुुँच बाहिर रहेको त्यो सीमा क्षेत्रलाई ‘गोल्डेन ट्राङ्गल’ पनि भनिन्छ। र, त्यहींबाट लागू पदार्थ नेपाल आउँथ्यो। यसको प्रचार गर्न व्यापारीहरूले गाँजाको लत लागिसकेका केही स्थानीय केटाहरूलाई सित्तै बाँड्ने गरेका थिए। त्यही सित्तैको लागू पदार्थ सेवन गर्दै मेरा दाजुुुुलगायत उनकै वयका छ, सात जना केटाहरू जंकी भएका थिए।
यसैबीच फ्रिक स्ट्रिटमा नक्कली लागू पदार्थ बेच्नेहरूले पनि खुुुुबै हैरान गरे। त्यस्तो काम खासगरी आफू पनि लागू पदार्थ प्रयोग गर्ने र बाटो बाटोमा बेच्ने पनि काम गर्ने जंकीहरूले गर्थे। लागू पदार्थमा ह्वाइट सुुुुगर सबैभन्दा शुुुुद्ध मानिन्छ। त्यसमा सोडाको पीठो, पाचक र केही घाँसको धूलो मिसाएपछि त्यो ब्राउन सुुुुगर बन्छ। ह्वाइटभन्दा ब्राउन सस्तो हुुुुन्छ, साथै नरम पनि। जंकीहरूले कहिलेकाहीँ सोडाको धूलो मात्रै राखिएको पुुुुडिया पनि ब्राउन सुुुुगर भनेर बेचिदिने गर्छन्। कोही कोही चाहिँ पूरा तौल भएको पुुुुडिया किनेर ल्याउँछन्, त्यसबाट आफूलाई चाहिने एक मात्रा झिक्छन् र तौल कम भएको पुुुुडिया बेचेर आफ्नो गर्जो टार्छन्। नक्कली बेच्नेहरूको यो काम भने उनीहरूको बाध्यताको उपज हो। लागू पदार्थको बानी लागिसकेपछि त्यसलाई छुुुुटाउनै सकिँदैन। अनि जसरी भए पनि आफ्नो ‘डोज’ प्राप्त गर्न उनीहरू जे पनि गर्छन्।
फ्रिक स्ट्रिटमा यस्तो नक्कली ‘माल’ को बिगबिगी कतिसम्म थियो भन्दा होटेल इडनले त्यतिबेला ठाउँठाउँमा ‘नक्कली ह्यासिसदेखि होसियार’ लेखेर ससानो पर्चा टाँसेको थियो। डीडी शर्माको नामै राखेर टाँसिएको उक्त पर्चामा ‘नक्कली ह्यासिसले तपाईंको स्वास्थ्यलाई हानि गर्न सक्छ। त्यसैले असली ह्यासिसको लागि सम्पर्क राख्नुुुुहोला– होटल इडन’ भनेर छापिएको हुुुुन्थ्यो। यसरी असली ह्यासिसको लागि होटेल इडन ठूलो मात्र होइन, आधिकारिक विक्रेता पनि थियो।
०००
फ्रिक स्ट्रिट अहिले पुुुुरानो अवस्थामा छैन। तर मानिसहरू यसलाई ‘ओल्ड फ्रिक स्ट्रिट’ भन्न थालेका छन्। कुुुुनैबेला ह्यासिस, गाँजा र ब्राउन सुुुुगरको खुुुुल्ला कारोबार हुुुुने यो बजार हेर्न अहिले पनि पर्यटकहरू आउँछन्। तर स्थानीय स्रोत भन्छ, यो पुुुुरानो फ्रिक स्ट्रिटमा अहिले पनि गाँजा र ह्यासिसको कारोबार भने चली नै रहेको छ, तर अत्यन्त सुुुुस्त र अत्यन्त गोप्य तवरले। तथापि यही ठाउँमा बसेर कुुुुनैबेला ब्राउन तान्ने दुर्व्यसनीहरू अहिले बेलाबखत यहीं भेला भएर नयाँ पुुुुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने चिन्तन पनि गर्छन्। किनभने दुर्व्यसनको दुुुुःख फ्रिक स्ट्रिटलाई जति थाहा छ, त्यति अरुले बुुुुझेको छैन होला।