अक्षरको आराधना

अक्षरको आराधना

अक्षरप्रेमीहरूका लागि पुुस्तकहरू अक्षरपुुञ्ज हुुन्। म आफूलाई एक सामान्य अक्षरप्रेमी भनिठान्छुु। सधैं साथमा पुुस्तक भएन भने के के नभएजस्तो लाग्छ। खाटभरि पुुस्तक र पत्रिका असरल्ल छरिएका हुुन्छन्। पत्रिका छर्नुु पनि त एउटा कला हो। कति सुुन्दर देखिन्छ अक्षरहरूको बिस्कुुन हालिएको ओछ्यान ! पुुस्तक र पत्रिकाको स्पर्श पाएन भने खाट पनि रिसाउँछ होला। सामुुन्नेको र्‍याकमा पुुस्तकहरू आपैंmसँग मौन सम्वाद गरिरहेभैंm लाग्छ। अक्षरको उपस्थिति रहेन भने त्यो घर, ‘घर’ नभएर ‘मसानघर’ जस्तो लाग्छ।

शरीर साबुुनपानीले धोइन्छ। नुुहाएपछि जिउ हलुुको महसुुस हुुन्छ। साबुुनपानीले मन त धुुँदैन नि ! राम्रो एउटा पुुस्तक पढिसकेको दिन मन कति चंगा हुुन्छ ! मानौं, पुुस्तकले मनको मयल र थकान सबै धोएर पखालिदिन्छ। र, मनभित्र एक किसिमको स्फूर्ति जगाइदिन्छ। शारदीय यामको पारिलो घाममा गुुन्द्री ओछ्याएर अक्षरको उपासना गर्न क्या मजा ! जब पढिसक्छुु नयाँ पुुस्तक, अनुुभूत हुुन्छ– भूपिको ‘मैनबत्तीको शिखा’।

‘शुुभ्र, शान्त र स्निग्भ/शिखा मैनबत्तीको/मानौं/ प्रथम रजस्वलापछि/ स्नान गरेर/ शारदी घाममा/ आफ्नो कौमार्य छरेर/थकित थकितभैंm/ चकित चकितभैंm/एक्लै एक्लै मुुस्कुुराइरहेको/अनुुहार हो यो कुुनै/सुुन्दरी नवयुुवतीको/ शुुभ्र, शान्त र स्निग्ध/ शिखा मैनबत्तीको।.......’

वा कविता ! वा अक्षरको शक्ति ! काव्यिक सौन्दर्यले भरिपूर्ण यतिको शक्तिशाली कविता अरू कमै पढ्न पाएको छुु मैले। यसलाई सधैं प्रथम श्रेणीको कविता मानेको छुु। कस्को हृदय नछोला र कस्को मन नधोला यो कविताले !

०००

म अक्षरकै प्रतीक्षामा हुुन्छुु। दैनिक पत्रिका र तिनमा उपहारस्वरूप आउने ‘फुुर्सद’जस्ता शनिबारका परिशिष्टांक सदरमुुकामबाट ल्याइदिने कोही भए उही दिन पढ्न पाउँछुु। नत्र फगत प्रतीक्षा। हप्तौंका पत्रिका एकै दिन आइपुुग्छन्। बेलामा पढ्न नपाउँदा छटपटी हुुन्छ। अनि पर्खेर पढ्नुुको मज्जा पनि बेग्लै आउँछ ! पत्रिकाको बिटै आएका बेला कुुनमा पहिला नजर डुुलाउनुु ! अलमलमा पर्छुु। टाउको मात्रै पढ्यो अनि पछिलाई थन्क्याइदियो। ‘मधुुपर्क’, ‘मुुना’, ‘शिक्षक’, ‘युुवामञ्च’ नियमित पढिने पत्रिका हुुन्। ती पनि एकसाथ आइदिन्छन् कहिलेकाहीँ। पाना पल्टाउन पनि भ्याइँदैन। हप्तौंसम्म पत्रिका पढेको पढ्यै। धेरै विषयवस्तुु एकसाथ पढिरहँदा आपूmले के पढियो त्यो पनि याद नहुुने। पढ्यो, बिस्र्यो। पढेर बिर्सन पनि मजै लाग्छ। अचेल पुुस्तक पठन अलि साइड लागेको छ। महिनामा कम्तीमा तीनवटा पुुस्तक पढिभ्याउने रुटिन गडबड भएको छ। टेलिभिजन र इन्टरनेट अक्षरका दुुश्मनजस्ता लाग्न थालेका छन् मलाई।

अरूलाई पनि साहित्यिक खुुराक छापिएका पत्रिका पढ्नुुस् भन्छुु। कोही कोही पढिदिएजस्तो गर्छन्। टाउकाको मिति देख्नेबित्तिकै भनिदिन्छन्, ‘पुुरानो पत्रिका रैछ।’ कसरी सम्झाऊँ, ‘संसारको कुुनै पनि साहित्य पुुरानो हुुँदैन। पुुरानो भइगयो भने त्यो साहित्य हुुँदैन।’ तर म भन्दिनँ, ‘मेरो गोरुको बाह्रै टक्का।’ नपढ्नुु पनि तनावमुुक्त हुुनुु हो नि ! कस्ले ल्याइदिने ? कहिले पढ्ने ? पढेर हुुनेचाहिँ के ? बेकारको खर्च। टाउको दुुखाइ मात्रै। कसैलाई पढ्दा आनन्द आउँछ। कसैलाई नपढ्दै आनन्द आउँछ। मान्छेको आनन्दीमा तरंग ल्याइदिन पनि त मिलेन।

म भने आफ्नो बानी छाड्न तयार छुुइनँ। ठाउँ कुुठाउँ बसेर पुुस्तक पल्टाएको देख्दा मलाई के भन्दा हुुन् ! ‘खुुब पढन्ते भएको’ भन्दा हुुन् नि ! अरूको रुचिमा हस्तक्षेप गर्ने कुुरा भएन। लगावमा लगाम लगाउन सकिन्नँ क्यारे ! म पुुस्तक किन्दा खुुसी हुुन्छुु, अरूहरू खसी, भैंसी, जग्गा वा सुुन किन्दा खुुसी हुुन्छन्, के बिग्रियो ! अरूको खुुसीमा बाधा उत्पन्न गर्नुु नैतिकता भित्र पर्दैन। तर, एउटा तर्क भने म बिना हिच्किचाहट सधैं गरिरहेको हुुन्छुु, ‘कक्षा कोठाको सिकाइसँग मातृभाषा र साहित्यलाई जोड्नै पर्छ। र, दृष्टिक्षमताले साथ दिएसम्म शिक्षक र विद्यार्थीलाई नयाँ नयाँ पुुस्तक नपढी बस्न छुुट छैन।’

०००

मैले गुुरु नै मानेका केही पत्रिका बन्द भए। लामो समयदेखि पढ्दै आएका पत्रिका बन्द हुुँदा दुुःख लाग्दा ेरहेछ। सुुरु अंकदेखि नछुुटाएका ‘मूल्यांकन’ र ‘नवयुुवा’ बन्द भए। ‘गरिमा’ पनि नियमित छैन। प्रिय पत्रिका ‘मूल्यांकन’ बन्द भएकोमा एक दिन मैले सम्पादकसँग गुुनासो गरेको थिएँ, ‘मूल्यांकन’ किन बन्द भएको होला ? ’ सम्पादकले भनेका थिए, ‘कुुनै पनि चिजको तबसम्म उत्पादन हुुन्छ, जबसम्म बजारमा माग कायम रहिरहन्छ।’

सम्पादकले सीधासीधा अर्थशास्त्रीय जवाफ दिए पनि उनले गरेको संकेतको निहितार्थ भने मैले बुुझिसकेको थिएँ। मैले बुुझेको यत्ति हो, ‘अब नेपाली पाठक विचार निर्माणका लागि पत्रिका पढ्दैनन् वा कम पढ्छन्। बजारले अब ‘मूल्यांकन’जस्तो प्रगतिशील र ‘विचारधारा’ को खुुराक माग्दैन। पुुँजी निर्माण गर्ने र वृद्धि गर्ने उपकरण वा वस्तुु मात्र माग्छ। त्यसैले त्यो बन्द भयो।’

यो कुुरा ‘मूल्यांकन’ पत्रिकामा लागू भएपनि ‘नवयुुवा’ जस्तो युुवावर्ग लक्षित र विज्ञानकेन्द्री पत्रिकामा चैं लागू नहुुनुुपर्ने हो। तर, दुुवैको प्रकाशक एकै भएको हुुनाले उसका समस्या आफ्नै थिए होलान्। अहिले ‘मूल्यांकन’को अनलाइन संस्करण आइरहेको छ। अनलाइनमा पत्रिका पढ्ने सुुविधा गाउँमा अभैm पाइएको छैन। टकटक्याउँदा पाना पल्टाएर शब्द–शब्दको गुुढार्थमा अन्डरलाइन गर्दै पत्रिका पढेको बानी। स्क्रिनका अक्षरले त्यो भोक जगाउन र मेटाउन पनि सक्दैन। (यी दुुई पत्रिकाको पठन अनुुभूति छुुट्टै लेख्नेछुु।)

उता ‘गरिमा’को कुुरा जो छ त्यो साझा प्रकाशनको घिडघिडो र त्यसभित्रको भ्रष्टाचारले पत्रिका नियमित हुुन नसकेको हो। टाढा बसेर म यति मात्रै बुुझ्न सक्छुु। नेपाली साहित्यको मानक मानिँदै आएको पत्रिका नियमित प्रकाशन भैदिए नेपाली भाषासाहित्यले नै फाइदा लिने हो।

विशेष साहित्यक खुुराक र गडगडाहटसाथ आएको ‘पाण्डुुलिपि’ मासिक ९ अंक प्रकाशनपछि बन्द भयो। सुुरुका अंक पढ्दा साहित्यिक आकाशमा राम्रै उडान भर्लाजस्तो लागेको थियो ‘पाण्डुुलिपि’ले। अर्थाभावकै कारण पत्रिका बन्द गर्नुु परेको दुुखेसो यसका सम्पादकले गरेका थिए। ‘पाण्डुुलिपि’ बन्द हुुँदा पनि दुुःख लागेकै छ।

हुुन त साहित्यक पत्रिका खुुल्नुु र बन्द हुुनुु एक ‘नियमित घटना’ नै हो। ३०० अंक चलेर ‘रूपरेखा’ बन्द भयो। बन्दै भएको ‘शारदा’ विमल भौकाजीले ब्यूँताएर जेनतेन चलाइरहेका छन्। अरू कति पत्रिकाको ‘जीवनलीला’ सुुरु भयो। र, कतिको अन्त भयो, यसको हिसाबकिताब नेपाली साहित्यका अनुुसन्धाताले राखेकै होलान्। साहित्यिक धारका पत्रिका चलाउन र बचाउन पनि गाह्रो छ नि ! कस्लाई फुुर्सद छ र अचेल साहित्य पढ्ने र यिनको जगेर्ना गर्ने !

०००

गाउँमा अक्षरको एकजना उपासक थियो। मलाई ‘सदरमुुकामबाट पत्रिका ल्याइदिनुु है सर !’ भन्थ्यो। उसले जति पुुस्तक गाउँमा कमैले पढे होलान्। ‘शिक्षक’ र ‘युुवामञ्च’को ग्राहक बनेको थियो। अर्थात् मैले नै बनाएको थिएँ। ऊ मेरो छोराको उमेरको थियो। तर, हामी अत्यन्त निकटका साथी भएका थियौं। भित्री कुुरा पनि गथ्र्यौं। उमेरको अन्तर मित्रतामा बाधक बनेको थिएन।

उसको नाम विकास थियो। र, ऊ हाइस्कुुलको लेखापाल भएको थियो। एक दिन उसले मलाई भनेको थियो, ‘सर, तपाईं सरुवा भएर हाम्रो स्कुुलमा आउनुुस्। यहाँ वरिवरिका जाँडका घ्याम्पा घोप्ट्यानुु पर्छ। तास च्यात्नुुपर्छ। अब त अति नै भइसक्यो। पुुलिस आपैंm तास खेल्न सुुरक्षित ठाउँ देखाएर जान्छ। मेरो आँट पुुग्दैन। तपाईं आउनुुस् सर।’

बाह्रमासे र जँड्याहहरू घेरिएको ठाउँमा कसरी त्यतिको आँटिलो मानिस जन्मियो ? मैले उसको पारिवारिक पृष्ठभूमि अध्ययन गरेँ। नेपाल छाडेर उसका बाआमा भारतको आसाम पसेका रहेछन् उहिल्यै। ऊ उतै जन्मेको रहेछ। इन्टरमिडियटसम्म पढेछ। हिन्दी साहित्यले नै उसलाई काहानीको ‘क्रेजी’ बनाइसकेको रहेछ।

किशोरवयमै विकास रोगी भएछ। क्षयरोगले लगभग उसको फोक्सो खाइदिसकेको रहेछ। उसका बाले वर्षकै लाखौं रुपियाँ उसको उपचारमा सकेछन्। रासन कार्ड लिएर उतैको नागरिक भइसकेको भए पनि उनीहरू यतै फर्केछन्।

विकास रोगले थलिँदै गएको थियो। कुुन बेला साह्रो हुुन्छ, पत्तै नहुुने। अलि सन्चो भएका बेला मलाई ‘पुुस्तक ल्याइदिनुु न सर !’ भन्थ्यो। म लगिदिन्थेँ। पहिलोपटक मैले उसलाई ‘पल्पसा क्याफे’ लगिदिएँ। ऊ पुुस्तक पढेर फिर्ता गथ्र्यो। भन्थ्यो, ‘सर, आत्मबल बढाउने, प्रेरणा दिनेखालका पुुस्तक ल्याइदिनुु है !’ उसले बीपी पढ्यो। हिटलर पढ्यो। मन्डेला पढ्यो। भूतप्रेतका कथा, जीवन काँढा कि पूmल, सोच, खान पुुगोस् दिन पुुगोस्, फूलको आँखामा, उनी, मेरो जीवनका पाना, कमलरीदेखि सभासद्सम्म, दिवास्वप्न पढिसक्यो। दुुई वर्षमा पचासभन्दा बढी पुुस्तक पढ्यो विकासले।

दुुई वर्षअघिको हिउँदमा ऊ सारो भएर अस्पताल गयो। बेथाले सुुकेर सिक्रो भएको, अस्पतालको बेडमा सुुतेकै अवस्थाको फोटो फेसबुुकमा पोस्ट गरेर स्टाटस लेखेको थियो, ‘उफ्, अब निकै गाह्रो भयो।’ हो, उसलाई गाह्रै भएको रहेछ। अर्को दिन खबर आयो— विकासले संसार छाड्यो। गयो, गाउँबाट अक्षरको एउटा उपासक गयो। अक्षरलाई माया गर्ने मान्छे गयो। अहिले म उसले आउनुु भनेकै स्कुुलमा गएको छुु। स्कुुलकै पुुस्तकालयभित्र पसेपछि नानीहरू भन्छन्, ‘विकास सरले कस्तरी पुुस्तक मिलाएर राख्नुुहुुन्थ्यो।’ हो, मैले विकासको जसरी पुुस्तक मिलाएर राख्न सकेको छुुइनँ।

०००

अक्षरहरूको आराधना गरिरहँदाका हैरानी र बेचैनीले पनि त्यतिकै सताएको छ। अजीव अजीवका पात्रहरूसँग भेट भएको छ। देख्दा नौनी र छुुँदा फलाम जस्ता। प्रकाशकबाट केही प्रतिशत छुुटमा आफ्नै पुुस्तक झोलाभरि बोकेर म स्कुुल स्कुुल चहार्थेँ।

एक दिन पुुस्तक बेच्नकै लागि एउटा निजी स्कुुलमा पुुगेको छुु। म स्टाफ रुममा पस्छुु। पुुस्तकको विज्ञापन गर्न थाल्छुु। कुुनै साथीले पनि मेरा पुुस्तकतिर हात बढाउँदैनन्। म आपैंm उनीहरूको टेबुुलमा पुुस्तक राखिदिन्छुु। लामै समय कुुर्छुु। साथीहरू मेरो प्रशंसा मात्रै गरिरहन्छन् ‘तपाईंले गाउँमै बसेर यति ठूलो काम गर्नुुभएको छ।’ ओहो ! फोस्रो प्रशंसा मात्रै ! अहँ, कोही पुुस्तक राखिदिने कुुरै गर्दैनन्। टिफिन समय सकिन्छ। साथीहरू कक्षा कोठातिर लाग्छन्। स्पोर्ट टिचरलाई भन्छुु ‘तपाईंले एकएक सेट पुुस्तक किनिदिनुु पर्‍यो।’

उनी तिर्यक दृष्टि मतिर फ्याँक्छन् र भन्छन्, ‘पुुस्तक पढेर मलाई के फाइदा ? म खेलाडी भएकै कारण यो स्कुुलको टिचर भएँ। स्कुुलको स्पोर्ट टिचर भएकै कारण नर्वेजस्तो विकसित देश घुुम्न पाएँ। फिनल्यान्ड र जर्मनी जाने मौका आउँदै छ। तपाईंको पुुस्तकले कुुन देश घुुमाउँछ ? मलाई पुुस्तकमा रुचि छैन। खेलमा रुचि छ। सबैले रुचिको कुुरा र काम मात्रै गर्ने हो। ल, म तपाईंका पुुस्तक किनूँला रे, तर म तपाईंका पुुस्तक पढ्दै पढ्दिनँ। मलाई साहित्यमा कुुनै रुचि छैन। नपढ्नेले पुुस्तक किन थुुपार्नुु ? कृपया मलाई पुुस्तकको भारी बोकाउन बाध्य नपार्नुुहोला।’ मैले थप केही भन्न पाइनँ। म अघाएँ। मनमनै आपैंmलाई लोप्पा ख्वाउँछुु, ‘खाइस् ! यै खान आएको हैनस् ?

वास्तवमा ती मित्रले ठीक कुुरा गरेका थिए। मलाई खेलमा खासै रुचि छैन। पत्रिकाका खेल पृष्ठ त्यति हेर्दिनँ। मलाई खेलमा चासो छैन भने उनलाई साहित्यमा चासो छैन। मैले कर लगाएर हुुन्छ र ! मेरो मुुख लाजले रातो भएको अनुुमान लगाएँ। त्यहाँ बसिरहन उचित लागेन। मनमनै ‘हजुुर वरिष्ठ, हस् त नमस्ते !’ भन्दै म लुुसुुक्क भागेँ।

अर्का एक सरकारी शिक्षक मित्र छन्। आपूmलाई सालनालदेखिको माक्र्सवादी ठान्छन्। भेटमा उनी मलाई सोधिरहन्छन्, ‘सर, कुुनै नयाँ पुुस्तक निकाल्नुुभएको छ ? ’ म झोलाबाट पुुस्तक झिकेर दिन्छुु। उनी पुुस्तक ओल्टाईपल्टाई गर्छन्। आवरण सुुम्सुुम्याउँछन्। मलाई फुुक्र्याउँछन्। यो पनि भन्न पछि पर्दैनन्, ‘सरले हामी शिक्षकहरूकै इज्जत राख्नुुभएको छ।’ उनको अनुुहारको कृतिम भाव मैले बुुझिसकेको हुुन्छुु। एउटा बहाना बनाएर उनी पुुस्तक मलाई फिर्ता गर्छन्। उनले मेरो एउटा पनि पुुस्तक पढेका छैनन्। सोध्न छाडेका पनि छैनन्। अचेल सोध्दा भनिदिन्छुु, ‘सर, किताबले मलाई खान दिएन, निकाल्नै छाडेँ।’

मेरो पुुस्तक पँजनी अभियानले साथीहरूलाई मर्कै परेछ क्यारे, मलाई देख्नेबित्तिकै तर्केर हिँड्न थाले। बाटै मोडिन थाल्यो। त्यसैले मैले पनि पुुस्तक ‘भिडाउँन’ बन्द गरेँ। उधारोमा पुुस्तक लगेकाहरूले पनि पैसा दिएनन्। खल्तीकै पैसा प्रकाशकलाई तिरेँ। कतै भेटिँदा उनीहरू नै अप्ठ्यारो मान्छन्। मैले तिनका आँखाको भाव बुुझिसकेको हुुन्छुु। म पैसा माग्दिनँ।

०००

मैले बाँचेको पचास वर्षको उमेरमध्ये तीस वर्षभन्दा बढी अक्षरकै पूजा, आराधना र उपासनामा बित्यो। सप्रियोस् नसप्रियोस्। बाली लागोस् नलागोस्, म अक्षरको खेती गरिरहन्छुु। यो बेला म सम्झन्छुु— हाम्रो सयमका सर्वाधिक शक्तिशाली कवि तुुलसी दिवसको अक्षरको आराधना गरिएको यो कविता—

‘...अक्षरहरू त बीउ हुुन्, तिमी यिनलाई छर !

कोदालीले धरतीको पाना सम्याउन परे

आफ्ना दुुई पाखुुरा र दस नंग्रा म दिन्छुु,

अक्षरहरू त बीउ हुुन्, तिमी यिनलाई छर !

बीउहरू त अक्षर हुुन्, तिमी यिनलाई लेख !

बीउहरू त अक्षर हुुन्, तिमी यिनलाई पढ !’

हो, अक्षरहरू बीउ/बीज हुुन्। र, बीज मात्रै पनि होइनन्। रक्तबीज पनि हुुन्। मर्दैनन् अक्षरहरू कहिल्यै। अक्षरहरूलाई कागजरूपी माटोमा मिलाएर रोप्न जान्यो भने जरा पैmलाएर अक्षरहरू टाढाटाढासम्म आपैंm पुुग्न सक्छन्। अक्षरहरूको जय होस् !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.