चिया टिप्न मजदुर अभाव

चिया टिप्न मजदुर अभाव

फिदिम : बगानमा कलकलाउँदा चियाका मुना छन्। चिया टिप्ने सिजन सुरु भएको छ। सिजन सुरु भए पनि मजदुर अभावले चिया बगानमा चिया टिप्ने काम सुरु हुन सकेको छैन। याङवरक ३ चरिभञ्ज्याङमा सञ्चालित पाथिभरा टी स्टेडमा चिया टिप्न मजदुर अभाव भएको हो। मजदुर अभावले चियाका मुना बोटमै बुढिएर जाने स्थिति छ।

‘चिया टिप्ने मजदुर नै पाइँदैन’, चिया कम्पनी सञ्चालक सदस्य राजन भट्टराईले भने, ‘मजदुर अभावले चिया बगान नै बिग्रिने स्थितिमा छ।’ उक्त चिया कम्पनीले आठ सय रोपनी जमिनमा चिया बगान विस्तार गरेको छ। बगानमा अहिले धमाधम चिया टिप्ने बेला भएको छ। चिया कम्पनीलाई दैनिक ८० जना मजदुर आवश्यक पर्छ। तर, अहिले २० जना मजदुरले मात्र चिया टिप्ने काम गरिरहेको कम्पनीले जनाएको छ। गाउँमा युवा नै छैनन्। भएका युवाले पनि चिया टिप्ने काम नगरेकाले चिया टिप्ने मजदुर अभाव भएको हो।

चिया कम्पनीले चिया टिपेबापत मजुदरलाई किलोको हिसाबमा पारि श्रमिक दिने व्यवस्था गरेको छ। ‘बगानबाटै तीन प्रकारको चिया टिपिन्छ’, भट्टराई भन्छन्, ‘मुना चिया टिप्नेलाई सबैभन्दा राम्रो पारि श्रमिक दिने व्यवस्था गरिएको छ।’ एक पात दुई सुइरो चियापत्ति टिप्नलाई प्रतिकिलो एक सय रुपैयाँ दिने गरिएको हो। यो भन्दा अलिक कम गुणस्तरको चियापत्ति टिप्नेलाई प्रतिकिलो क्रमशः ५० रुपैयाँ र ३० रुपैयाँ पारि श्रमिक उपलब्ध गराउने व्यवस्था छ। ‘एउटा मजदुर एक दिनमा पाँच किलोभन्दा धेरै नै टिप्न सक्छ। तर, यो हिसाबमा मजदुरको कमाइ पनि राम्रो छ। तर चिया टिप्न मजदुर अभाव छ’, भट्टराईले भने।

गाउँका मान्छे एक दिन चिया टिप्न आए भने एक महिनासम्म चिया टिप्न जाँदैन। मोबाइलमा रिचार्ज सकिएपछि मात्र चियाँ टिप्न आउने गरेका हुन्। ‘एक दिन चिया टिपेर पाएको पैसाले एक महिनासम्म रिचार्ज खर्च पुग्दो रहेछ’, भट्टराईले भने, ‘चिया बगानमा एक दिन काम गरेको मजदुर मोबाइलमा रिचार्ज नसकिएसम्म फेरि काम गर्न फर्किएर आउँदैन।’ चैतदेखि कात्तिक महिनासम्म चिया उत्पादन हुने सिजन हो। यो सिजनमा चिया कम्पनीलाई सय जनाको हाराहारीमा मजदुर आवश्यक पर्छ। तर, गाउँका मान्छेमा काम गर्ने परिपाटी हराउँदै गएकाले मजुरको अभाव हुन थालेको हो।

बगानबाट अहिले दैनिक पाँच सय किलो हरियो पत्ति उत्पादन हुने बताइएको छ। पाथिभरा टी स्टेडले वार्षिक १० हजार किलो उच्च गुणस्तरको चिया उत्पादन गरेर विदेश निर्यात गर्ने गरेका छन्। कम्पनीले ब्ल्याक टी र ह्वाइट टी गरी दुई किसिमको चिया उत्पादन गर्दै आएको छ। यहाँ उत्पादन भएको चिया जर्मन, जापान र फ्रान्स निर्यात हुने गरेको छ। चियाको गुणस्तरका आधारमा प्रतिकिलो एक हजारदेखि तीन हजारसम्म चिया बिक्री गरिने भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.