असिनाले बालीनाली नष्ट

असिनाले बालीनाली नष्ट

कुस्मा : असिनापानीले पर्वतमा करोडौं मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट गरेको छ। जिल्लाका तरकारी र खाद्यान्न उत्पादनका पकेट क्षेत्रमा सोमबार दिउँसो परेको बाक्लो असिनाका कारण ठूलो क्षति भएको हो। पर्वतमा मंगलबारदेखि नै दैनिकजसो असिनापानी र हावाहुरी चलिरहेको छ। जिल्लाको मोदी गाउँपालिकाका सबैजसो वडा कुस्मा नगरपालिका र फलेबास नगरपालिकामा असिना परेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

केही दिनअघि जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइरिङ, शालिजा, लेखफाँट र नाङलीबाङमा परेको असिनाले १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र गहुँबाली नष्ट गरेको गाउँपालिकाले जनाएको छ। उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारीको पकेट क्षेत्र हो। समुद्री सतहदेखि उच्च भागमा रहेको यो गाउँपालिकाका सयौं कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित छन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार अघिल्लो साता मात्रै सुन्तला ५० लाख, तरकारी ४३ लाख, आँप, लिची कागतीमा १८ लाख, गोलभेडा, काँक्रोको बीउ २२ लाख, गहुँ, मकै, जौ खेतीमा ८८ लाख, आलु खेतीमा १७ करोडको क्षति पुर्‍याएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। उनका अनुसार फलेवास नगरपालिका-१ देखि ९ सम्म, जलजलाको वडा नं. १ देखि ७ सम्म र कुस्मा नगरपालिका तथा पैयुँ गाउँपालिका-५ मा असिनाले क्षति पुर्‍याएको हो।

हिउँदभर खडेरीले खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिनापानीले अझ नष्ट गरेपछि कृषक निरास बनेका छन्। कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बिमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन्। जिल्लाको मोदी, महाशिला, पैंयु र कुस्मा नगरपालिकामा असिनाले तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। पर्वतमा मंगलबारदेखि लगातारजस्तै असिनापानी परिरहेको छ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले जिल्लाका अधिकांश भागमा परेको असिनाले ठूलो क्षति पुर्‍याएको जनाएको छ। अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र किसानलाई आवश्यक राहत प्रदान गर्न स्थानीय तहसँग पहल गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.