पहिलो सूर्योदय

पहिलो सूर्योदय

इलाम : काठमाडौंका विनोदध्वज खड्काले परिवारसहित अन्तुमा एकरात बिताए। स्वदेश र विदेशका पनि निकै पर्यटकीय गन्तव्यमा बिताएको बताउने उनले इलाम टेक्न ढिलो गरेको महसुस गरे। उनले भने, 'कन्यामको चिया बगान र श्रीअन्तुको सुर्योदयको मज्जा ढिलै भए पनि लिन पायौँ, यात्रा सफल भयो।'

इलाम आईपुग्ने धेरैले खड्काले जस्तै यात्रा सफल भएको प्रतिक्रिया दिनेगरेका छन्। इलाम प्रवेशसँगै सुरु हुने हरियाली, कृषि कर्मका अनेकन् अभ्यास, चियाले ढाकिएका डाँडा, धार्मिक र पर्यटकीय स्थलहरूका कारण इलाम आउने पर्यटकहरूको यात्रा सम्झेभन्दा बढी सफल हुने गरेको माइपोखरी, कन्याम, अन्तुलगायत पर्यटकीय गन्तव्यको भ्रमण गरेका गिनिज एड काठमाडौंका प्रमुख निरञ्जन भट्टराईको प्रतिक्रिया छ।

इलाममै पहिलो पटक ग्रामीण पर्यटनको अभ्यास गरिरहेका इलामका आकर्षक गन्तव्य अन्तुका बासिन्दा एक दशकभन्दा बढीदेखि स्वदेशी र विदेशी पर्यटक भित्र्याउन कस्सिएर लागेका छन्। केही वर्ष अन्तु महोत्सवका वार्षिक शृंखला पार गरेपछि पछिल्लो समयमा पर्यटकका लागि यो प्रमुख गन्तव्यको सूचीमा पर्न थालेको छ।

अधिकांश पर्यटकको पहिलो बास अन्तुमा हुने गरेको छ। कात्तिक लागेसँगै सूर्योदयको मनमोहक दृश्य हेर्न यँहा पर्यटकहरूको भीड बढ्ने गर्छ। अन्तुमा छिमेकी जिल्ला तथा भारत, भुटान त्यस्तै अन्य धेरै देशबाट पर्यटक आउने गर्छन्। यसको अलवा होम स्टे, चियाबारीको रमाइलोपन तथा अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पनि पर्यटकहरू आउने गरेको अन्तु पर्यटन समितिका अध्यक्ष धनकुमार आले बताउँछन्।

सूर्याेदयकाे मनमाेहक दृश्यसँगै इलाममा सञ्चालित हाेमस्टेटबाट पारिवारिक अात्मीयताका साथ समय बिताउन पनि उपयुक्त रहेकाे स्थानीयकाे भनाइ छ।

अन्तुबाट सूर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन् लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन र अध्ययनका लागि पनि बर्सेनि सयौं पर्यटक आउने गरेको आलेको भनाइ छ। साना ठूला गरेर अन्तुमा ३६ वटा होमस्टे सञ्चालनमा छन्। एउटा आकर्षक रिसोर्ट पनि सञ्चालनमा छ। केही होटल निर्माणका क्रममा छन्।

पहिले पहिले सूर्योदयको मनमोहक दृश्य देखिने समय मात्र आउने पर्यटक हाल यातायातको सहजताका कारण अन्य महिनामा पनि आउन थालेका समितिका अध्यक्ष आले बताउँछन्। भन्छन्, 'यसले स्थानीयको जीविकोपार्जनमा पनि टेवा पुगेको छ।'सूर्योदयको मनमोहक दृश्यसँगै यहाँ सञ्चालित होमस्टेबाट पारिवारिक आत्मीयताका साथ समय बिताउन पनि उपयुक्त रहेको यहाँका बासिन्दाहरूको भनाइ रहेको छ। आन्तरिक पर्यटकका लागि रोङ गाउँपालिकाको कुटीडाँडामा रहेको सानु पाथीभरा पनि आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ।

रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले यस क्षेत्रको दिगो विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको बताए। भने, 'मनोकांक्षा पूरा गर्ने धार्मिक केन्द्रको रूपमा विकास हुँदै गएको सानु पाथीभरामा मंगलबार र शनिबार प्रशस्त दर्शनार्थी आउने गरेका छन्। हामी पर्यटनलाई अझ बढाउन लागिपरेका छौं।'पर्यटकलाई स्वागत गर्न उभिएजस्तै लाग्ने सूर्योदय नगरपालिकामा श्रीअन्तु, कन्यामका अलावा शैक्षिक गन्तव्यका लागि करफोक उच्च माध्यमिक विद्यालय, पञ्चकन्या मन्दिर, सुन्दरपानी, लेप्चा गुम्बा, ऐतिहासिक गोर्खे बजार, मंगल गुरुधाम, विभिन्न पोखरी, दर्जनौं चिया कारखानाहरू रहेका छन्।

सूर्योदयस्थित पर्यटकीय स्थान प्रवद्र्धनमा गत वर्षबाट नयाँ वर्षको अवसर पारेर सूर्योदय सडक महोत्सव हुँदै आएको छ। यस वर्ष पनि होटल एसोसिएसनको अगुवाइमा चैत २९ देखि चार दिनसम्म सडक महोत्सव आयोजना गर्न लागिएको छ। यसले इलामका पर्यटकीय स्थानको प्रचारलाई प्राथमिकता दिँदै आएको छ।

व्यापार गर्न नसकिएका, मेची राजमार्गमै लमतन्न धार्मिक, सांस्कृतिक र आर्थिक गन्तव्यहरूको प्रचारका लागि महोत्सवले योगदान गर्ने एसोसिएसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए। गर्न सकिने ठाउँ निकै भए पनि अहिलेसम्म केही नभएको ठानेर संघको अगुवाइमा महोत्सवको तयारी गरेको बताउँदै उनले भने, 'लुकेका धेरै ठाउँ महोत्सवपछि पर्यटकीय गन्तव्यको रूपमा विकास हुने अपेक्षा गरेका छौं।'

महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएका चिया, दूध, अचारका परिकारहरूका स्टलहरू राखिने योजना छ। महोत्सवमा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्य परीक्षण, रक्तदान, जनजातिका परिकार, सांस्कृतिक झाँकी र मनोरञ्जनात्मक खेलहरू प्रर्दशनको तयारी गरिएको एसोसिएसनका सचिव युवराज प्रधानले बताए।

पश्चिम बंगालको दार्जिलिङ प्रवेश गर्न पनि सूर्योदयनगर टेक्नै पर्छ। समुन्द्री सतहबाट नौं सयदेखि एक हजार ८ सय १२ मिटरको उचाइमा अवस्थित नपा सदरमुकाम इलामबजारदेखि ३७ किलोमिटर दक्षिणमा पर्छ। सचिव प्रधान भन्छन्, 'इलामका गाउँ गाउँ पर्यटकका लागि नौला गन्तव्यका रूपमा विकास भइरहेका छन्।'

झापाको चारआलीबाट ४० किलोमिटर पहाडी यात्रा गरेपछि कन्यामसहित पर्यटकीय गन्तव्यमा प्रवेश गरिन्छ। करिब ९० प्रतिशतभन्दा बढी जनता कृषि उद्योगमा भएकाले पनि धेरै पर्यटक यहाँको सोन्दर्य र श्रममा मोहित हुने गरेको सचिव प्रधानको भनाइ छ।

अदुवा, अमृसो, ओलन (दूध), अर्थोडक्स चिया, अकबरे खुर्सानीका अलावा अर्किड, अतिथि सत्कारका लागि पनि लोकप्रियता बढ्दै गएको छ। पर्यटकका लागि इलाम सदरमुकामको करिब १ सय ५० वर्ष पुरानो चिया बगान अर्को गन्तव्य हो।

अदुवा, अमृसो, ओलन (दूध), अर्थोडक्स चिया, अकबरे खुर्सानीका अलावा अर्किड, अतिथि सत्कारका लागि पनि लोकप्रियता बढ्दै गएको छ। पर्यटकका लागि इलाम सदरमुकामको करिब १ सय ५० वर्ष पुरानो चिया बगान अर्को गन्तव्य हो। त्यहाँ रहेका धार्मिक मठ मन्दिरहरूको आफ्नै प्रकारको महत्व छ।

इलाम नगरपालिकाले यस वर्ष इलाम सदरमुकाम (खलंगा) स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा सदरमुकाममा वैशाख १ गतेदेखि तीनदिने इलाम महोत्सवको आयोजना गर्दै छ। इलाम नगरपालिकामा भालुढुंगा पर्यटकीय स्थल र महभीरको रक क्लाइम्बिङ नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेका छन्।

रामसार क्षेत्रमा सूचीकृत माईपोखरीमा पनि पर्यटन प्रवद्र्धनका लागि ग्रामीण पर्यटनको अभ्यास भइरहेको छ। यो क्षेत्र धार्मीक पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ। यहाँ विभिन्न प्रकारका वनस्पति र चराचुरुंगीसमेत पाइने भएकाले पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। आन्तरिक पर्यटकका लागि गजुरमुखी धाम अर्को धार्मिक पर्यटकीय स्थानको रूपमा विकास भएको छ।

मेची राजमार्गको नेपालटारबाट देउमाई गाउँपालिकाको केन्द्र मंगलबारे हुँदै गजुरमुखी धाममा वर्षभरि नै पर्यटकहरू जाने गरेको देउमाई नगरपालिकाका मेयर सूर्य पोख्रेल बताउँछन्। देउमाईको पानीटार चिया बगान, त्यहा रहेका पोखरीदेखि सिद्धिथुम्कासम्मको पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि नगरपालिकाले योजना बनाइरहेको मेयर पोख्रेलले बताए।

सन्दकपुर गाउँपालिकामा रहेको नेपाल–भारत सीमावर्ती क्षेत्रको सन्दकपुर चुचुरो इलामको अर्को पर्यटकीय गन्तव्य हो। सन्दकपुरमै नयाँ गन्तव्यको रूपमा समुदायले विकास गरेको धाप पोखरी पनि अहिले आन्तरिक पर्यटकका लागि राम्रो गन्तव्य बन्दै गएको छ। त्यहा डुंगा सयरसहितका सुविधा छन्।

किराँतीहरूको आस्था केन्द्रको रूपमा विकास भइरहेको माङसेबुङ गाउँपालिकाको माङसेवुङमा राष्ट्रप्रमुखदेखि सर्वसाधारणको आवतजावत भइरहन्छ। यो धार्मिकस्थलले विश्व शान्ति र मानव कल्याणको सन्देश दिइरहेको छ। त्यहाँ वार्षिक रूपमा हुने उत्सवहरूमा स्वादेशी र विदेशी पर्यटकको बाक्लै आवतजावत हुने गरेको छ।

किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद माग्न लाइन लाग्नेहरूको निकै घुइँचो हुने गर्छ। लारुम्बामा राष्ट्रपतिदेखि प्राधनमन्त्रीसम्मको भ्रमण हुने गरेको छ। लारुम्बा विश्वकै किरातहरूको आस्थाको भूमिको रूपमा परिचित छ। दमक–चिसापानी रवि सडकलाई फाल्गुनन्द माग भन्न पाएकोमा ठूलो उपलब्धि ठान्छन्।

इलामको कर्णाली भन्ने स्थानीयहरू आश्वासनको बोझमा लारुम्बा थलिएकोमा निराश छन्। स्थानीय चन्दा फागो भन्छिन्, 'आशा गरेका सबै कुरा पुगेको छैन। नेताहरूले भनेको सबै पुग्छ भन्ने लाग्न छाड्यो।' लारुम्बाले आत्मशान्ति र विश्वशान्तिका लागि योगदान गरेको किरातीहरूको बुझाइ छ। लारुम्बामा मासु, चुरोट, जाडरक्सी प्रतिबन्धित छ। युवा सप्रिए भने देश सप्रिन्छ भन्ने सन्देश प्रवाह गरिरहको स्थानीय किरात अगुवाहरूको कथन छ।

प्रथम राष्ट्रपतिदेखि प्रजातन्त्र प्राप्तिपछिका सबै प्रधानमन्त्री माङ्सेबुङ पुगेका छन्। किरात अगुवा अभिषेक एक्तेन विकासको दृष्टिले जे हुनुपर्ने थियो त्यो नभएको बताउँछन्। नेताहरूले पूण्य भूमिलाई भोट बैंकको रूपमा प्रयोग गरेको एक्तेनको आरोप छ। उनले सुनाए, 'यहाँका संरचना यहाँका किराँतीको पसिना र एक–दुई रुपयाँको भरमा बनेका हुन्, जुन बाटो आउनुभयो त्यो बाटो पनि किरात धर्मावलम्वीहरूको पसिनाले बनेको हो।'

किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद माग्न लाइन लाग्नेहरूको निकै घुइँचो हुने गर्छ। लारुम्बामा राष्ट्रपतिदेखि प्राधनमन्त्रीसम्मको भ्रमण हुने गरेको छ। लारुम्बा विश्वकै किरातहरूको आस्थाको भूमिको रूपमा परिचित छ।

फाल्गुनन्दलाई २०६६ मंसिरमा १७ औं राष्ट्रिय विभूति घोषणा गरियो। राणाकालमा समाज (खास गरी लिम्बू समाज) लाई सकारात्मक परिवर्तनको बाटोमा अग्रसर गराएका उनलाई किरातीहरूको आदर्श पुरुषका रूपमा चिनिन्छ। फाल्गुनन्दको २००५ साल चैत २२ गते चुक्चिनाम्बाबाट सिलौटी जाने क्रममा पाँचथर जिल्लाको इम्बुङ पातलेमा ६३ वर्षको उमेरमा निधन भएको थियो। त्यसपछि उनको पार्थिव शरीरलाई सिलौटी धाममा अन्तेष्टि गरिएको थियो।

फाल्गुननदको उतराधिकारीका रूपमा अहिले धर्मगुरु आत्मनन्द लिङ्देन छन्। सन १९५५ जुन ६ तारिखमा साविक इभाङ–५ मै पुण्यप्रसाद र चन्द्रमाया (स्यामजिरी) को पुत्रका रूपमा जन्मेका आत्मनन्दले बाँझो गाविसको लारुम्बा (माङ्सेबुङ) मा रही धार्मिक तथा समाज–सुधारका गतिविधि गर्दै आएका छन्।

इभाङ गाविसको चुक्चिनाम्बाबाट 'बसाइँ' हिँडेका आत्मनन्दले बस्नका लागि सुरुमा साबिक बाँझो–७ स्थित नवमीडाँडा रोजेका थिए। तर, स्थानीय बासिन्दाले उक्त ठाउँ उपलब्ध गराउन अस्वीकार गरेपछि उनी वडा नं ९ लारुम्बाको 'बोक्सी थुम्को' मा बस्न पुगेका स्थानीय बताउँछन्। २०५७/५८ सालतिर महाप्रलयको हल्ला चल्दा 'माङ्सेबुङ क्षेत्रमा गुरुका कारण बाँचिने' भनिएपछि पूर्वका विभिन्न जिल्लाबाट शरण खोज्दै थुप्रै धर्मावलम्बी यस ठाउँमा आइपुगे।

माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएकाहरूले पनि माङ्सेबुङमै आश्रय लिएका थिए। विस्थापित १ हजार १ सय परिवार शरण खोज्दै यस ठाउँमा पुगेको एक तथ्यांकले देखाउँछ। प्रलयको हल्लाको समयमा ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटालगायत ठाउँबाट यहाँ आएर बसेका थिए। तीमध्ये करिब १ हजार मानिस फिर्ता गए पनि बाँकी भने अझै यहीँ बसिरहेका छन्।

राष्ट्रिय जनगणना २०६८ का अनुसार किरात धर्मावलम्बीको कुल जनसंख्या ८०७१६९ छ। पूर्वाञ्चलमा मात्र ७७८२९ किरात धर्मावलम्बी बसोबास गर्छन्। त्यसैगरी, इलामका १०३३५० जनाले किरात धर्म मान्छन्। तर, यो आँकडामा आत्मनन्दका अनुयायी मात्र छैनन, अन्य किरातीले पनि किरात धर्म नै लेखाएका छन।

सबैले माङसेबुङलाई आस्था केन्द्रका रूपमा लिने गरेका छन्। २०३६ सालदेखि धार्मिक स्थलका रूपमा विकास भएको लारुम्बामा करिब १० हजार जनसंख्या छ। विशेषगरी महिला, पुरुष, बालबालिका सबैको सेतो पहिरन, किराँत समुदायको पर्व उधौली अर्थात् मंसिरे पूर्णिमामा गुरुको आशीर्वचनसँगै त्यहाँका घरहरूमा राखिने ध्वजा राख्ने परम्परा छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.