स्पोर्टस् सिटी इटहरी

स्पोर्टस् सिटी इटहरी

इटहरी : क्षेत्रीय रंगशाला सुनसरीमा बनाउने भनेर बजेट भाषणमा समेटिएपछि धरान, इटहरी र इनरुवावासी आफ्नो ठाउँमा रंगशाला बनाउनुपर्ने मागसहित आन्दोलनमा ओर्लिए। उनीहरूले रंगशालाका लागि आफूहरूसँग पर्याप्त जग्गादेखि पूर्वाधारसम्मका प्रमाण पनि पेस गर्न भ्याए। ठूला नेताकहाँ गएर लबिङ गर्न मात्र होइन, सडक नै तताए।


आन्दोलनपछि धरान र इटहरी रंगशालाले थोरै बजेट पाए। अहिले भने इटहरी रंगशाला नमुना रंगशालाको रूपमा विकास भएको छ। इटहरीको एउटै रंगशालामा फुटबल, भलिबल, ब्याडमिन्टन, कराँतेलगायतका दर्जन बढी खेलका पूर्वाधारहरू तयार भएका छन्। इटहरीलाई देशकै सुविधासम्पन्न स्पोर्टस् सिटी बनाउने गरी काम सुरु भएको छ। इटहरी नै घर भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले नै इटहरीलाई स्पोर्टस् सिटी बनाउने घोषणा गरेका थिए।

पूर्वाधार र खेल गतिविधिमा इटहरी खेलकुदमय बन्नुको एउटा कारण यो पनि हो। राखेपको सहयोग र स्थानीय उपभोक्ता समितिको लगानीमा इटहरी रंगशालामा करोडौंको लागतमा खेल पूर्वाधार अहिले पनि धमाधम बनिरहेका छन्। इटहरी रंगशालामा झण्डै एक दर्जन खेलका आधुनिक भवनहरूको निर्माण कार्य भइरहेको छ। यी पूर्वाधार निर्माण गर्न राखेपले करोडौं रुपैयाँ लगानी गर्दैछ। चार करोड रुपैयाँ लगानी भइसकेको जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापाले बताए। उनी भन्छन्, ‘खेलकुदका लागि इटहरी हबकै रूपमा विकसित हुँदैछ।'

रंगशाला रहेको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पाँचवटा कोर्टसहितको ब्याटमिन्टन कर्भडहलका लागि २५ लाख रुपैयाँ लगानी भइसकेको छ। यस्तै निर्माण सकिन लागेको भलिबलको कोर्ट र प्यारापिटका लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसभित्र चर्पीलगायत पूर्वाधारसमेत पर्छन्।यस्तै तेक्वान्दोको इन्डोर भवनका लागि तीन करोड रुपैयाँ लागत अनुमान गरिएको छ। भलिबलको इन्डोर एकेडेमीको लागि सात करोड रुपैयाँ खर्च हुने बताइएको छ, जुन अहिले टेन्डर प्रक्रियामा छ।

राखेपको सहयोग र स्थानीय उपभोक्ता समितिको लगानीमा इटहरी रंगशालामा करोडौंको लागतमा खेल पूर्वाधार अहिले पनि धमाधम बनिरहेका छन्।

इन्डोर क्रिकेट ट्रेनिङ हलको समेत निर्माण सुरु गरिएको छ। कराँते ट्रेनिङ हलका लागि ७५ लाख र बक्सिङ एकेडेमीका लागि एक करोड लागत अनुमान गरिएको छ। दुवैको लागि काम सुरु पनि भइसकेको छ।फुटबल ग्राउन्डका लागि चारतले प्यारापिटको निर्माण कार्य भइरहेको छ। प्यारापिटका लागि मात्र १२ करोड रुपैयाँ लाग्ने बताइएको छ। प्यारापिट अन्तर्राष्ट्रियस्तरको हुने अनुरोध थापाले बताए।

यस्तै ज्येष्ठ नागरिकका लागिसमेत खेलकुद भवन निर्माण भइरहेको छ। यसको लागि सवा करोड रुपैयाँ लागत अनुमान गरिएको छ। रंगशालाभित्रै होस्टेल बनाउन इस्टिमेट तयार गर्ने काम पनि भइरहेको छ। बुद्धिचाल खेलको लागि ५० लाख रुपैयाँको भवन, भारोत्तोलनका लागि पनि ५० लाखको भवन र उसुको लागि एक करोड रुपैयाँ लागतको भवन पनि रंगशालामा बन्नेछन्।यस्तै सदस्यसचिव विष्टले इटहरी उपमहानगरसँग जग्गा पाए विदेशी सहयोग जुटाएर पनि क्रिकेट स्टेडियम बनाउने योजना समेत रहेको बताए।

इटहरीमा खेल पूर्वाधारहरू मात्र बनिरहेका छैनन्, पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत धमाधम भइरहेका छन्। निर्माणाधीन रंगशालामै सातौं राष्ट्रिय खेलकुद भएको इटहरीमा पुस र माघमा मात्रै पाँचवटा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता भइसकेका छन्।१२औं आईएफटीसी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गत पुसमा आयोजना गरियो। यो प्रतियोगितामा १२ देशका खेलाडी सहभागी थिए।

यस्तै पीएलओ यू—१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट र ११ लाख पुरस्कार राशिको मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप पनि माघमा आयोजना गरिएको थियो। फुटबल प्रतियोगिता हेर्न एकै दिन दश हजार दर्शक रंगशाला पुगेपछि धेरैले टिकट उभिएरै पनि खेल हेरेका थिए।

निजीस्तरबाटै पनि खेलकुद पूर्वाधार

खेलाडीका लागि करिअर बनाउने गतिलो माध्यम भए पनि इटहरीमा भने ब्याडमिन्टन सौखिनहरूको खेलको रूपमा कामकाजी र व्यावसायिक पुस्तामाझ लोकप्रिय छ। यो वर्गमा व्यावसायी, सरकारी जागिरे, प्रहरीदेखि सभासद्सम्म पर्छन्। अझ मोटोपन घटाउने र व्यायामको रूपमा ब्याडमिन्टन ‘हाई प्रोफाइल'हरूका लागि सजिलो खेल पनि हो।

सुनसरीका पूर्वसांसद् रेवतीरमण भण्डारी शारीरिक कसरतका लागि ब्याडमिन्टन खेल्छन्। सांसद हुँदा र इटहरीमा बस्दा उनी अक्सर बिहान इटहरी ब्याडमिन्टन क्लबमै भेटिन्थे। अहिले पनि उनले ब्याडमिन्टन र्‍याकेट छाडेका छैनन्।

इटहरी रंगशालामा झण्डै एक दर्जन खेलका आधुनिक भवनहरूको निर्माण कार्य भइरहेको छ। यी पूर्वाधार निर्माण गर्न राखेपले करोडौं रुपैयाँ लगानी गर्दैछ। 

‘खेल खेल्नु स्वास्थ्यका लागि आवश्यक छ, त्यसमाथि मलाई खेलमा रुचि पनि छ', उनी भन्छन्। इटहरी ब्याडमिन्टन क्लबको आफ्नै भवन छ। यो भवन क्लबले सहयोगी दाताहरू जुटाएर बनाएको हो। आफू सभासद् भएपछि भण्डारीले केही रकम जुटाइदिए पनि बाँकी ठूलो रकम स्थानिय दाताहरूबाट संकलन गरिएको हो।

इटहरी ब्याडमिन्टन क्लबले आफ्नो भवन २०७१ सालदेखि सञ्चालनमा ल्याएको हो। क्लबका अध्यक्ष मणि गुरुङका अनुसार ब्याडमिन्टन हल डेढ कठ्ठा जग्गामा बनेको छ। जग्गा र हलको सम्पत्तिको मूल्यांकन झण्डै एक करोड रुपैयाँ बराबरको छ।

इटहरीमा दुईवटा भवनमा निजीस्तरबाट ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ। त्यसमध्ये एउटा सिंगल कोर्ट र अर्को डबल कोर्टका छन्। इटहरी ब्याडमिन्टन क्लबबाहेक इटहरीस्थित बिउबिजन कार्यालयभित्र रहेको रक्तमाला ब्याडमिन्टन पनि युवाहरू खेल्ने गर्छन्। यस्तै सगरमाथा ब्याडमिन्टन क्लब नाम दिएर केही युवाले इटहरीमा निजीस्तरबाट ब्याडमिन्टन भवन बनाएर सञ्चालन गरेका छन्।

इटहरीकै आँपगाछीमा पनि सडकछेउ निजीस्तरमा सिंगल कोर्टको ब्याडमिन्टन भवन सञ्चालनमा छ। इटहरीकै खनारमा रहेको एउटा उद्योगको गोदाममा समेत केही समय ब्याडमिन्टन खेल सञ्चालन गरिएको थियो। खेल्ने इच्छा पूरा गर्न स्थानिय खे ले निजी तथा सामुदायिक तहबाट कोर्टसहितको हल बनाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.