एकतामा कुनै द्विविधा छैन : महासचिव पोखरेल

एकतामा कुनै द्विविधा छैन : महासचिव पोखरेल

पोखरा : नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् ।एमाले कास्की जिल्ला कमिटीको आयोजनामा मंगलबार आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताए ।

एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उनले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राखेका छन्।

केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिए ।नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उनले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख गरे ।

एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रमुख सचेतक खगराज अधिकारीले जनप्रतिनिधिले शासकका रुपमा नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने बताए ।समृद्धि र विकासका लागि उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसैका माध्यमबाट रोजगारीको सिर्जना गरिनुपर्ने र समान कामको समान ज्याला हुने व्यवस्थाको सुनिश्चितता आवश्यकता औँल्याए ।

पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशतअघि बढिसकेको जानकारी दिए ।सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो पनि नभएमा हेलीप्याड स्थापना गरी जनताको सुविधाका साथै पर्यटकलाई उक्त गाउँमा पु¥याउन सकिने धारणा राखे ।

एमाले कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिनुपर्नेमा जोड दिए ।
एमाले कास्कीका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, सचिव दामोदर बैरागीलगायतले पार्टी र निर्वाचित जनप्रतिनिधिका गतिविधिबारे प्रकाश पारेका थिए ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.