छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पोखरा : पोखरा लेखनाथ महानगरपालिकामा मंगलबार छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

पोखरा विमानस्थलको प्रवेशद्वारअगाडि ग१ख ३८७७ नंको बसले ग९प २१९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्याङ्जा घर भइ पोखरा लेखनाथ महानगरपालिका–६ ड्यामसाइड बस्ने २५ वर्षीय शोभाकान्त पनेरुको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार अर्का घाइते पोखरा लेखनाथ महानगरपालिका–२१ निर्मलपोखरीका २५ वर्षीय सन्दीप पौडेलको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

बस चालक ३३ दिप्तीनारायण ढकाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका–३२ बस्ने ४५ वर्षीय पुतली सार्कीको भीरबाट खसेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुकाबाट हराएकी उनलाई मंगलबार बिहान ११ बजे घर नजिकै रहेको भीरबाट करिब एक सय ५० मिटर तल खोँचमा भेटिएको । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.