निकुञ्‍जमा पानी सुक्यो

निकुञ्‍जमा पानी सुक्यो

 

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका पानीको मूल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या हुने गरेको छ। तराईमा दिनहुँ तापक्रम वृद्धि भइरहेकाले निकुञ्जभित्र पानीको मूल सुक्न थालेको हो। हात्तीलाई तर्न हम्मे पर्ने सौराहा खोलामा समेत पानी सुकेको प्रकृतिपथ प्रदर्शक अनुराम चौधरीले बताए। ‘तीनकुने, लालमाटी, हात्ती तथा गैंडा मचानमा रहेका खोला पनि सुकेका छन्’, उनले भने, ‘हात्ती, गैंडा, बाघ गर्मीको समयमा पानीमा आहाल बस्ने गर्छन् तर निकुञ्जभित्र पानीको स्रोत सुकेपछि वन्यजन्तुको दिनचर्या फेरिएको छ।’ पर्याप्त पानी नहुँदा वन्यजन्तु तनावमा हुने गरेको चौधरीको भनाइ छ।

पर्याप्त पानी नपाएर जनावर तनावमा परी भौंतारिने गरेका छन्। अधिकांश ठूला जनावरलाई पिउने पानीको अभाव छ। हात्तीलाई नुहाउन पानी छैन। गैंडालाई घोलमा आहाल बस्नुपर्छ तर घोल सुकेका छन्। जलचरलाई पनि उत्तिकै समस्या छ। गोही त विस्थापित नै भइसकेका छन्। बाघ पानीमा बस्न रुचाउँछ तर पानी नहुँदा समस्यामा परेकोे छ। निकुञ्जभित्र पानी अभावले छरिएर बसेका वन्यजन्तु साँघुरिन थालेका छन्।

पानी सुक्ने क्रम बढेपछि जलचर, उभयचरलगायत पक्षी प्रजातिसमेत विस्थापित हुन थालेको छ। एकातिर बढ्दो गर्मीले पानीको मुहान सुक्ने क्रम बढ्दै छ भने अर्कोतिर पुल, सडक, नहर आदि निर्माण कार्यले पनि पानीको मुहान बन्द भएको स्थानीय पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराई बताउँछन्। ‘पर्यटक लिएर निकुञ्जभित्र जाँदा जनावर पानी अभावका कारण भौंतारिरहेको देखिन्छन्’, उनले भने, ‘गाउँघरतिर धारामा समेत पानी सुक्न थालेपछि स्थानीयलाई पनि समस्या हुन थालेको छ।’

निकुञ्जभित्र पानीको अभाव रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए। ‘हामीले घोलमा पानी पु¥याउन सोलार पम्प प्रयोगमा ल्याएका छौं’, उनले भने, ‘कृत्रिम रूपमा केही समस्या समाधान प्रयास भए पनि पानीको माग अपर्याप्त भएकाले समस्या छ।’ साहका अनुसार गेरुवा नदीमा ढुंगा थुप्रिएकाले पानीको बहाव निकुञ्जतर्फ चढ्न सकेको छैन। ढुंगा हटाउने प्रयास भइरहेको उनले जानकारी दिँदै भने, ‘संरक्षण क्षेत्रमा काम गर्ने केही संस्थाले पानीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.