उद्धार गरिएको चितुवाको मृत्यु

उद्धार गरिएको चितुवाको मृत्यु

दमौली : बेहोस अवस्थामा उद्धार गरिएको एक चितुवाको दमौलीमा मृत्यु भएको छ । तनहुँको पूर्कोट बाईसजाँगरबाट बेहोस अवस्थामा स्थानीयले समातेर वन कार्यालय तनहुँलाई बुझाएको चितुवाको कार्यालयमै ज्यान गएको हो ।

कुनै खाद्यपदार्थ खाएपछि बेहोस ठानिएको चितुवालाई देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । स्थानीयकै सहयोगमा वन कर्मचारीले उद्धार गरेका चितुवालाई उपचारको प्रयास गर्दागर्दै ज्यान गएको वन अधिकृत अम्बिका पौडेलले बताए ।

‘उपचारका लागि पशु कार्यालयलाई अनुरोध गरेका थियौं,’ उनले भने,‘उनीहरु नआइपुग्दै ज्यान गएछ ।’ चितुवालाई कुनै विषाक्त पदार्थ दिएको ठानिएको छ । त्यस क्षेत्रको जंगलमा चितुवा सक्रिय भएको स्थानीयको गुनासो थियो । कार्यालयले त्यसविषयमा अनुसन्धान गर्ने अधिकृत पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.