राष्ट्रपति रनिङ सिल्डको प्रभाव घट्दै

राष्ट्रपति रनिङ सिल्डको प्रभाव घट्दै

 बझाङ :  विद्यालय स्तरिय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताप्रति उत्साह घट्दै गएकाे  छ। विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि सञ्चालन हुँदै आएकोे रनिङ सिल्डमा विद्यालयको  न्यून सहभागिता  हुन थालेपछि उत्साह घटेको हो । 

विगतका वर्षमा निर्वाचन क्षेत्र स्तरिय हुँदै आएको रनिङ सिल्ड यसवर्षदेखि जिल्ला सदरमुकाममा मात्र सञ्चालन भइरहेको छ । चैनपुरको सत्यवादी माविको प्राड्गणमा सञ्चालन भइरहेको १० औं राष्ट्रपति रनिङ सिल्ड  प्रतियोगितामा ८ वटा विद्यालय मात्र सहभागी भएका छन् ।   

रनिङ सिल्डमा सत्यवादी मावि , जालपा , सुनिपिपल चौर , जनप्रिय मावि , गर्जेपानी मावि, शिक्षोदय मावि , पाण्डु मावि र खप्तड मावि कालुखेती गरी ८ विद्यालय सहभागी छन् ।

भलिवल , रिले दौड , हाईजम्प , लम्जम्प , कवडी गरी १६ वटा खेलमा प्रतिस्पर्धा भइरहेको  जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाशबहादुर सिंहले वताए ।गत वर्षपनि सहभागी विद्यालय न्युन रहेका थिए । बझाँङमा ६० बढी  माध्यमिक विद्यालय छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.