सिरियामा बल्झियो युद्ध

सिरियामा बल्झियो युद्ध

अंकारा : सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु गरेका छन् । शनिबार सिरियाको राजधानी शहर दमास्कस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिन थालेका छन् ।सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डौमामा सिरियाले रासायनिक आक्रमण गरिरहेकाले त्यो रोक्न आफूहरूले आक्रमण गरेको दाबी गरेका छन् । रूसले रासायनिक आक्रमण रोक्न नसकेकाले आफूहरूले आक्रमण गर्नुपरेको उनको दाबी छ ।

उनले डौमामा रासायनिक हतियारको भण्डारण रहेको बाएका छन् । आक्रमण विस्तृत क्षति र विवरण प्राप्त भइसकेको छैन । दमास्कस वरपर सुनिएको ठूलो आवाज र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ भीषण क्षति भएको अनुमान छ ।

अमेरिकी रक्षा मन्त्रालयले सिरियाली प्रशासनविरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दाबी गरेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अवरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेको पेन्टागनका प्रवक्ता डाना ह्वाइटले बताएका छन् । ‘हामी सिरियामा युद्ध चाहन्नौँ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको घटनालाई बेवास्ता गरिरहन पनि सक्दैनौं’, ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँग भने । आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानुनत: पुष्टि भएको उनले दाबी गरे ।

लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीन ठाउँमा हमला गरिएको र निशाना सही पुष्टि भएको दाबी गरेका छन् । ‘कारबाही एकदम उचित, सशक्त र प्रभावकारी छ’, म्याककेन्जीले भने । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले सिरियाको रासायनिक हतियार कार्यक्रम वर्षौं पछि धकेलिने दाबी गरे ।

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी घौटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरूले जनाएका छन् ।

विज्ञहरूका अनुसार घौटा र डौमामा पनि यस्ता हतियारबाट आक्रमण भएको अनुमान गरिएका विवरण आएका छन् । यसमा संलग्नलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह भएको बताउँदै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको आरोप लगाएका छन् । यसका साथै ट्रम्पले सिरियाली सरकारका साझेदार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसमा दोषी रहेको बताएका छन् । यस्तो क्रूर कार्यका लागि सिरियासरकार र उसका सहयोगीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी ट्रम्पले दिका छन् । घौटा र डौमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि आक्रमणको शिकार बनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन उल्लंघन : रूस

मस्को : अमेरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यता उल्लंघन गरेर सिरियामा आक्रमण गरेको रूसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रूसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो । डौमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तर्राष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताएका छन्।

अर्का उपाध्यक्ष युरी शभयत्किनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउने गरी आक्रमण भएको टिप्पणी गरेका छन् । संयुक्त आक्रमणले रूससँगको सकारात्मक सम्बन्ध बनाउन कुनै फाइदा नगर्ने उनले स्पष्ट पारेका छन् । रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत सिरियामा भएको आक्रमणको निन्दा गरेका छन् । अमेरिकाका लागि रूसी राजदूत एनातोली एन्तोनोवले भने, ‘एकपटक फेरि हामीलाई धम्काउन खोजिँदै छ । उनीहरूले यसको भीषण परिणाम भुक्तानी गर्नुपर्नेछ । यसको जिम्मेवारी अमेरिका, बेलायत र फ्रान्सले लिनुपर्नेछ ।’ सिरियामा शान्तिवार्ताका पहल भइरहँदा पश्चिमी देशले आक्रमण गरेर वातावरण बिथोलेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

अपराध : इरान

तेहरान : इरानका सर्वोच्च नेता अयतोल्लाह अलि खमेनीले पश्चिमा शक्तिले सिरियामा गरेको आक्रमणलाई ‘अपराध’को संज्ञा दिएका छन् । ‘म खुलारूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ । त्यसैले उनीहरू अपराधी हुन्’, खमेनीले भने । आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरूलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्नेमा जोड दिएका छन् ।

चीनद्वारा आलोचना

बेइजिङ : सिरियामा भएको हवाई आक्रमणको चीनले आलोचना गरेको छ ।चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा गरिएको आक्रमणको आलोचना गरेको हो । सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनको दायरामा फर्किन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.