प्रदेश ४ को नीति तथा कार्यक्रम: समृद्धिका चार आधार (पूर्ण पाठ)

प्रदेश ४ को नीति तथा कार्यक्रम: समृद्धिका चार आधार (पूर्ण पाठ)

पोखरा: प्रदेश नम्बर ४ को सरकारले आफ्नो नीति तथा कार्यक्रम सोमबार ल्याएको छ । सरकार बनेको दुई महिनापछि आगामी असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश भएको हो । 

दिउँसो बसेको संसद बैठकमा ९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले प्रदेश ४ को विकास र समृद्धिमा जोड दिएको छ । 

प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई नीति तथा कार्यक्रमले मुख्य आधार मानेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको थियो

प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य र खानेपानीसहितका विषयलाई पनि नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिइएको छ । 

प्रदेश सरकारले जनतालाई सकारात्मक सन्देश दिन पनि नीति तथा कार्यक्रम ल्याएको हो । केन्द्रले दिएको एक अर्ब दुई करोड बजेटमा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको हो । 

नीति तथा कार्यक्रममा प्रदेश ४ मा ऊर्जाको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै समृद्ध प्रदेशको कुरा समेटिएको छ । त्यसैगरी कृषिलाई उत्पादनमुलक र व्यावसायीकरण गर्दै उद्योगमार्फत रोजगारी बढाएर प्रदेशलाई अघि बढाउने नीति प्रदेश सरकारले लिएको छ। 

यसअघि चार नम्बर प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, उज्यालो प्रदेशअन्तर्गत २ वर्षभित्र हरेक गाउँबस्तीमा बिजुली, ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गौला उपचार केन्द्र स्थापना, ५ वर्षमा स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग सुविधायुक्त सडकले जोड्ने योजना बनाएको थियो ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ: 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.