प्रजननबारे ज्ञान पाउँदा किशोर-किशोरी दंग

प्रजननबारे ज्ञान पाउँदा किशोर-किशोरी दंग

सन्धिखर्क : भूमिकास्थान नगरपालिकाका-१ ढाकावाङ्गका किशोर-किशोरी जीवनपयोगी कुरा सिक्न पाउँदा खुसी छन्।जान्नै पर्ने तर समाजमा कुरा गर्न र आफन्तसँग पनि भन्न नमिल्ने कुराको ज्ञान पाउँदा उनीहरु खुसी भएका हुन्। 

ढाकाबाङ्गकी किशोरी मञ्जु नेपालीले विद्यालयमा प्रजनन् स्वास्थ्यका बारेमा पढे पनि विद्यालयमा पढनु र यस्ता कार्यक्रममा सिक्नु फरक भएको बताइन्।

'विद्यालयभन्दा यस्ता कार्यक्रमबाट धेरै कुरा सिकिदो रहेछ। सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका बारेमा यति धेरै कुरा जानिएको  थिएनन्। यति धेरै कुरा सिकियो, यसले हाम्रो जीवनमा नयाँ परिवर्तन ल्याउने छ, उनले भनिन। 

किशोर- किशोरी प्रजनन स्वास्थ्यका बारेमा जानकारी पाएपछि स्थानीय सागर पौडेललले भुमिकास्थान नगरपालिका-१ नम्बर वडालाई किशोर-किशोरी मैत्री बनाउनुपर्नेमा जोड दिए। साथै उनले किशोर-किशोरीको विषय कसैको प्राथामिकातामा परेन् अब भुमिकास्थान नगरपालिका र १ नम्बर  वडाले किशोर- किशोरी लक्षित कार्यक्रममा जोड दिन वडा अध्यक्षलाई आग्रह गरे। 

पर्यावरण सचेतन समूह–एग नेपाल र मेरी स्टोप सेन्टर सन्धिखर्कको आयोजनामा गरेको प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया कार्याक्रममा सहभागीले यस्तो बताएका हुन्। 

कार्यक्रममा पर्यावरण सचेतन समूहका सचिव नारायण भुसालले हामीले किशोर-किशोरीलाई प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको बारेमा जनचेतना फैलाउन यो कार्यक्रम सञ्चालन गरेको बताए।

भुमिकास्थान नगरपालिका वडा-१का अध्यक्ष भोजराज खनालले किशोर- किशोरीलाई प्रथामिकतामा राखेर ढाकावाङ्गमा कार्यक्रम गरेकोमा पर्यावरण सचेतन समूहलाई धन्यवाद दिए।उनले भने,'हामी जनप्रतिनिधिले पनि किशोर- किशोरीप्रति चासो दिन सकेका थिएनौ।जीवनपयोगी यस्ता कार्यक्रमले किशोर-किशोरीलाई सही बाटो देखाउन महत्वपूर्ण भूमिका खेल्नेछ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.