पोखराका सडक ताल बनेपछि (फोटो फिचर)
पोखरा : पोखरामा मंगलबार दिउँसो परेको मुसलधारे पानीले यहाँका सडक नै ताल बनेका छन्। नेपालमै सबैभन्दा धेरै पानी पर्ने शहरको नाम पाएको पोखरामा चैत महिनाभर पनि पानी परेको थियो । वैशाख महिना लाग्दा असिना पानीसहित मुसलधारे पानी परिरहेकोले यहाँको मौषम चिसो छ ।
असिना पानीले यहाँको तारकारी र फलफुलमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कास्कीले बताएको छ । क्षेत्रीय हावापानी कार्याल पोखराका अनुसार मंगलबार दिउँसो पोखरामा तीन घण्टामा २७ दशमलव ७ मिलीमिटर पानी परेको छ। पानी परेपछि ताल बनेको पोखराको व्यस्त सडक सभागृह चोक र सृजना चोकमा पुगेर अन्नपूर्णका लागि कृष्णमणि बरालले खिचेका तस्बिर :