कुसुण्डा जातिका 'राजा मामा'को निधन

कुसुण्डा जातिका 'राजा मामा'को निधन

तनहुँ :  लोपोन्मुख कुसुण्डा जातिका 'राजा मामा'को निधन भएको छ। तनहुँका एक मात्र  कुसुण्डा 'राजा मामा'को बुधबार बिहान निधन भएको हो। व्यास १० डिहीगाउँस्थित निवासमै रहेका राजामामा बुधबार बिहानै शौच गएर फर्कने क्रममा लडेका थिए।चार बजेतिर लडेर बेहोस भएका उनको करिब पाँच बजे ज्यान गएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन्।

उनको बुधबार दमौलीमा अन्त्येष्टि गरिएको छ। आदिवासी अधिकारकर्मी तथा सांसद किसान श्रेष्ठसमेतको उपस्थितिमा उनको शवलाई दमौली शवदाहस्थलमा ल्याएर अन्त्येष्टि गरिएको छ। उनको कुसुण्डा परम्पराको अन्त्येष्टि विधि जानकारी नभए पनि हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको घर्तीले बताइन्।

कुसुण्डा भाषा बोल्न सक्ने जिल्लाकै एक मात्र 'राजा मामा'लाई नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले सहयोग गर्दै आएको थियो। नेपालमा लोपोन्मुख कुसुण्डा समुदायका 'राजा मामा' आफ्नो भाषा जान्ने एक मात्र व्यक्ति भएको बताइन्छ।

लोपोन्मुख उनको जाति जोगाउनकै लागि प्रतिष्ठानले 'राजा मामा'को विवाह इन्द्रमाया चेपाङसँग गरिदिएपछि उनीबाट हाल सिमान्त नामकी एक छोरी छन्। प्रतिष्ठानले 'राजा मामा'को घरसमेत निर्माण गरिदिएको थियो। मदिरा अधिक सेवन गर्ने 'राजा मामा'लाई केही समययता उच्च रक्तचापको समस्या थियो। 'राजा मामा' पछिल्लो समय भाषाका बारेमा अनुसन्धान गर्नेहरुका लागि एक श्रोत बनेका थिए। नेपालमा झण्डै सयको हाराहारीमा यो लोपोन्मुख समुदाय भए पनि आफ्नै मातृभाषा बोल्न सक्ने व्यक्ति 'राजा मामा'को अन्त्यसँगै भाषा पनि लोप भएको जानकार बताउँछन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.