नयाँ प्रजिअको अग्नि परीक्षा
दमौली : तनहुँले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको छ। यसअघिका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य सरुवा भई सतर्कता केन्द्र गएपछि करिब तीन महिना सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निमित्तका रूपमा जिल्लाको कार्यभार सम्हालेका थिए।
यसअघि सहसचिव तहबाट जिम्मेवारी हेर्ने गरिए पनि तत्कालीन प्रजिअ फणिन्द्रमणि पोखरेलले समेत कामु प्रजिअको भूमिकामा जिम्मेवारी लिएका थिए। हालका प्रजिअ भरतराज शर्माले पनि कामु प्रजिअकै रूपमा सोमबार जिम्मेवारी लिएका हुन्।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीको भूमिकामा रहेका उनी गृहको आन्तरिक व्यवस्थापन शाखामा थिए। जिम्मेवारी सम्हालेलगत्तै उनले दलका प्रतिनिधिलाई भेटेका छन्। लामो समय प्रजिअ नहुँदा जिल्लाका कतिपय काम रोकिएका थिए।