एमाले-माओवादी एकताको कुरा नाटक मात्रै : रामचन्द्र पौडेल

एमाले-माओवादी एकताको कुरा नाटक मात्रै : रामचन्द्र पौडेल

बागलुङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले-माओवादी एकता नाटक मात्र भएको बताएका छन्। नेपाल प्रेस युनियनले बिहीबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।

 
एमाले माओवादी मिल्ने चरणमा छन्, पार्टी मिल्नु राम्रो कुरा हो,’ उनले भने, ‘तर ,कम्युनिष्टको एकता स्वार्थ र अवसरमा आधारित नाटक जस्तो हुन्छ, यो पनि नाटक मञ्चन हो।’ कम्युनिष्ट पार्टीको भन्ने एउटा र गर्ने अर्को देखिएको भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षमै बसेर राष्ट्रका लागि आवश्यक भूमिका खेल्ने बताए। 

‘राजनीतिक स्थायीत्व र समृद्धिका लागि रचनात्मक भुमिका खेल्छौ, सर्वसत्तावाद र गलत प्रवृत्ति रोक्न पार्टी लाग्छ,’ उनले भने, ‘अस्थिरता हुँदा हाम्रो विकास अलमलिएको छ, अब गति लिनेछ भन्ने विश्वास छ।’ संघीयत नेपालका लागि नयाँ प्रयोग भएकाले सरकार र अन्य सबैले धेरै फराकिलो सोचका साथ काम गर्न आवश्यक भएको उनको भनाइ छ।

अब कम्युनिज्मको प्रयोग हेर्न चाहेको उनको भनाइ छ।   विपक्षमा बसेर कम्युनिष्ट सरकारको काम हेर्ने उने बताए।  तीन तहको चुनावबाट बहुमत प्राप्त गरेका वामपन्थी पार्टीको सरकारको बिगतको बोली र व्यवहार अब प्रष्ट हुने उनको भनाइ छ।

‘गाउँ गाउँमा सिंहदरबार भनिए पनि अधिकार केन्द्रिकृत गर्ने आशकां उत्पन्न भएको छ,’ उनले भने, अधिकार तल्लो तहसम्म पुगेमा मात्र लोकतन्त्र संघीयताको सपना साकार हुनेछ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.