कपालले घाँटी कसी हत्या

कपालले घाँटी कसी हत्या

भैरहवा : रूपन्देहीको ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षिया किशोरी सरस्वती हरिजनको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी मृतक हरिजनको हत्याको मुख्य आरोपी ओमसतिया ६ शिवलवाहाका १८ बर्से प्रेमसागर केवटलाई सार्वनिक गरेको हो । वैशाख ३ गते राति शौच गर्न जान्छु भन्दै घरबाट निस्किएकी हरिजन घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरी खोजी गर्दा उनको शव घरभन्दा डेढ किलोमिटर टाढा खेतमा फेला परेको थियो ।

घटनाको अनुसन्धान गरिरहेको रूपन्देही प्रहरीले हरिजनको हत्या एकैछिनको आवेगले गर्दा भएको बताएको छ । मृतक हरिजन र हत्याका आरोपी केवटबीचको प्रेम सम्बन्धले मूर्तरूप पाउने नदेखिएपछि हरिजन र केवटबीच खटपट हुँदा हत्याको अवस्थामा पुगेको रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । उनका अनुसार चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच विवाह गर्ने अवस्था नभएपछि हत्याको अवस्थामा पुगेको अनुसन्धानबाट खुल्न आएको छ ।

राति घरबाट निस्किएपछि उनीहरू रातभर खेतमै बिताएको, शारीरिक सम्बन्ध राखेको र बिहानीपख मृतक हरिजनले केवटलाई विवाह गर्ने भए गर, होइन भने मलाई मार भनेपछि केवटले आवेगमा आएर हरिजनकै कपालले घाँटी कसी छाडेर भागेको अनुसन्धानबाट खुलेको एसपी ज्ञवालीले बताए । सानै उमेरमा प्रेम सम्बन्धमा पर्नु, सामाजिक सञ्जालको दुरुपयोग गर्नु तथा सामान्य कुरा पनि सहन नसकेकाले समाजमा यस्ता खालका घटनाले स्थान पाएको प्रहरीको बुझाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.