पोखराको पर्यटनसँग जोड्दै ढोरपाटन

पोखराको पर्यटनसँग जोड्दै ढोरपाटन

बागलुङ : नेपालकै एकमात्र सिकार आरक्ष भएको ढोरपाटनलाई पोखराको पर्यटनसँग जोड्न पहल थालिएको छ । विश्वका सिकारी पर्यटकका लागि प्रमुख गन्तव्यको रुपमा परिचित बागलुङको ढोरपाटन क्षेत्रलाई पोखरासँग जोडेर पर्यटक भिœयाउन बागलुङ र पोखरा दुवैतिरबाट पहल सुरु गरिएको हो ।

बागलुङका प्रतिनिधि तथा प्रदेश सांसद र पोखराका पर्यटन व्यवसायीहरुले सामूहिक रुमपा पोखरा आएका पर्यटकलाई ढोरपाटन लैजाने गरि पहल थालिएको सांसद डा.सूर्य पाठकले बताए ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस (नाटा)ले नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ढोरपाटनसम्म पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पोखराका होटल व्यवसायी, टे«किङ एजेन्सी, अल्ट्रालाइट, प्लाराग्लाइडिङ व्यवसायी तथा ट्राभल एजेन्सी सञ्चालकलाई ढोरपाटनमै पु¥याएर अन्तत्र्रिmया तथा स्थलगत अध्ययन अवलोकन गराएको छ ।

पोखरादेखि २ सय १० किलोमिटर टाढाको दुरीमा रहेको ढोरपाटन क्षेत्र नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य भएपनि पूर्वाधार विकास र प्रचार प्रसार र प्रवद्र्धन नहुँदा छिटफुटमा रुपमा मात्र बाह्य पर्यटक पुग्ने गरेका छन् । पोखरापछि प्रदेश नम्बर ४ को आकर्षक पर्यटकीय गन्तव्य ढोरपाटन बन्न सक्ने पर्याप्त सम्भावना र आधार भएकाले पर्यटक आकर्षित गर्न पर्यटन व्यवसायसँग सम्बद्ध व्यक्तिहरुलाई ढोरपाटनको अध्ययन अवलोकन गराइएको भ्रमण संयोजक कुलचन्द्र शर्माले बताए ।

अध्ययन अवलोकनपछि ढोरपाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने प्रयाप्त सम्भावना रहेको नाटा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले बताए । ‘उच्च पहाडी भूभागमा पर्ने ढोरपाटन क्षेत्र भित्र तराई जस्तै समथर, पहाडजस्तो डाँडाकाँडा र हिमालजस्तो हिऊँ जम्मे पहाडहरु एकैसाथ देख्न सकिने भएकाले यसको पर्यटकीय सम्भावना अत्याधिक छ’, पोखरेलले भने । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या दिनानुदिन बढ््दै गएपनि नयाँ पर्यटकीय स्थलहरु नहुँदा आफूहरुलाई असहज भइरहेको अवस्थामा ढोरपाटन क्षेत्रमा पर्यटकीय विकास गरेर अगाडि बढ्न सके अबको एक दशक स्वदेशी तथा विदेशी पर्यटकहरुले पर्यटकीय क्षेत्रको नयाँ स्वाद चाख्न पाउने पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए ।

साहासिक सिकारी पर्यटनका लागि प्रख्यात ढोरपाटन क्षेत्रमा सहासिक पर्यटन प्याराग्लाइडिङ समेत सञ्चालन गर्न सकिने पोखरामा लामो समयदेखि प्याराग्लाइडिङ सञ्चालन गरिरहेका पोमनारायण श्रेष्ठले बताए । पर्यटक भिœयाउन आवश्यक सडक सञ्जालको स्तरोन्नति, ढोरपाटन क्षेत्रमा व्यवस्थित होटल, होमस्टे तथा स्थानीयबासीको पर्यटन विकासप्रतिको चासो बढ्न सके ढोरपाटन छिट्टै विकसित बन्ने श्रेष्ठले बताए ।

ढोरपाटनको पर्यटकीय सुन्दरता र सम्भाव्यता अध्ययनपछि यहाँ होटल व्यवसाय सञ्चालन गर्न सकिने पोखराका होटल व्यवसायी ओमप्रसाद पाण्डेले बताए । ‘मैले यहाँ जग्गा खोजिरहेको छु, व्यवस्थित जग्गा प्राप्त हुँदा साथ होटल व्यवसाय सञ्चालन गर्छु’, पाण्डेले भने । विश्वमै प्रख्यात मानिएको ढोरपाटन क्षेत्रको विकासका लागि राज्यले ध्यान नदिँदा ढोरपाटन ओझलेमा परेकाले स्थानीय सरकारले ढोरपाटनको विकासका लागि गतिविधि सञ्चालन गरिरहेको ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।

१÷२ वर्षभित्रै बागलुङ–बुर्तिबाङसम्मको सडक पिच गर्ने काम भइरहेको र बुर्तिबाङदेखि ढोरपाटनसम्म पर्ने सालझण्डी–ढोरपाटन सडक स्तरोन्नतिको काम भइरहेकाले अबको केही वर्षभित्रै ढोरपाटनसम्म सहज यातायात सेवा सञ्चालन हुने भएकाले ढोरपाटनको पर्यटन क्षेत्रमा लगानी गर्न घर्तीले आग्रह गरे ।

........

पोखराबाट ढोरपाटन पुगेको पर्यटन व्यवसायीहरु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.