नवलपरासीबाट चल्ला भित्रिने क्रम रोकिएन

नवलपरासीबाट चल्ला भित्रिने क्रम रोकिएन

परासी : पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट अबैधरुपमा कुखुराका चल्ला भित्रिने क्रम बढेको छ। सीमावर्ती भारतीय बजारमा बर्ड फ्लु संक्रमण देखिए लगत्तै नवलपरासी जिल्लामा निगरानीसहित उच्च सर्तकता अपनाइएको जनाए पनि जिल्लाको गुठिप्रसौनी सीमा नाकाबाट चल्ला भित्रिने क्रम भने रोकिएको छैन। 

पश्चिम नवलपरासी बर्ड फ्लुको उच्च जोखिम जिल्लाको रुपमा रहको छ। महिना दिन अघि रुपन्देहीको बेलैहिया नाकाको भारतीय सुनौली क्षेत्रमा बर्ड फ्लु देखिएपछि नवलपरासी र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित सुरक्षाकर्मी र पशु प्राविधिक बैठकले कुखुरा, पंक्षीजन्य सामग्री र वस्तु आयातमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो।

निर्णय गरेको एक महिना नबित्तै नवलपरासीका सीमा नाकाबाट फेरि कुखुरा र चल्ला भित्रिने क्रम बढेको हो। पछिल्लो पटक गुठिप्रसौनीको सीमा नाकामा पर्ने भारतीय रिघैया बजारबाट मोटरसाइकलमा चल्ला ल्याउने क्रम बढेको स्थानीयले बताएका छन्। सीमा नाकाको गुठिप्रसौनीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट रहेपनि रातको ९ बजेदेखि १२ बजेसम्म मोटरसाइकलमा धमाधम चल्ला अोसार्ने गरेको छ। तर शसस्त्र प्रहरीले वास्ता नगर्दा चल्ला भित्रिने क्रम नगरोकिएको स्थानीयको भनाई छ। 

मोटरसाइकल माथि चल्लाले भरिएका प्याक राखेर धर्मौलीहुँदै बैदौलीबाट सुरजपुरातर्फ लैजाने गरेको स्थानीय रामकृपाल यादवले बताए। त्यसरी ल्याइएका भारतीय चल्लालाई नवलपरासीमा रहेका ह्याचरीमार्फत नेपालमा उत्पादन भएको देखाइने गरिएको छ। ह्याचरीमार्फत नेपाली देखाइएका भारतीय चल्लालाई कारोबारीले नवलपरासीलगायत चितवन जिल्लामा पठाउने गरेका छन्  

सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका निरीक्षक तेजबहादुर बुढाथोकीले भारतमा बर्ड फ्लुको संक्रमण बढेपछि जिल्लाले कडा निगरानी राख्न निर्देशन गरेसँगै सीमा क्षेत्रमा गस्ती बढाइएको बताए। खुला सीमा भएकाले रातीको समयमा यदाकदा चोरी बाटो भएर जान सक्ने त्यस्ता चल्ला र पंक्षिजन्य वस्तुको आयातमा अझ कडाइका साथ लाग्ने बुढाथोकीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.