२९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक

२९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक

 बैतडी : बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढी भए पनि दोगडाकेदार गाउँपालिका ३ स्थित केदारनाथ आधारभूत विद्यालयमा भने विद्यार्थी संख्या घट्दै गएको छ। कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा २९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक कार्यरत छन्। कक्षा १ देखि ५ सम्म १९ जना र बालविकास केन्द्रमा १० जना गरी जम्मा २९ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका प्रधानाध्यापक शंकर ओडले बताए। उनले भने, ‘३ वर्षअघि हाम्रो विद्यालयमा १ सय ५० जनाको हाराहारीमा विद्यार्थीहरू थिए। तर, अहिले घटेर थोरै विद्यार्थी भर्ना भएका छन्। शिक्षक भने हामी ५ जना कार्यरत छौं।’

गाउँमै निजी विद्यालयहरूको संख्या बढ्दै गएकाले अभिभावकहरूको रोजाइमा निजी विद्यालय पर्न थालेपछि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको हो। ‘गाउँमा निजी विद्यालयसमेत धमाधम खुल्न थाले। केही परिवार बसाइँ सरेर तराई गए। त्यसैले पनि विद्यालयमा विद्यार्थी संख्या कम भएको हो।’ प्रअ ओडले भने, ‘निजीमा राम्रो पढाइ हुन्छ भन्ने भ्रम छ। त्यसले पनि समस्या निम्त्याएको छ। निजीको पढाइ नराम्रो भए फेरि अभिभावकहरूले यतै भर्ना गर्छन्।’

निजी विद्यालयको संख्या बढेकाले त्यसको असर सामुदायिक विद्यालयमा पर्न गएको हो।

सामुदायिक विद्यालयको विकल्प नभएका ठाउँबाहेकका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुन थालेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनुले पनि अभिभावकको रोजाइमा निजी विद्यालय पर्न थालेका हुन्। ‘सामुदायिक विद्यालयप्रति बनेको नकारात्मक धारणाले अभिभावकहरूले विकल्प खोज्न थालेका छन्। यो सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूका लागि पनि ठूलो चुनौतीको विषय हो।’ रौलेश्वर माविका शिक्षक दीपेन्द्र विष्टले भने, ‘कतै विद्यार्थी नभएर समस्या छ, कतै शिक्षक नभएर समस्या छ। यो विषयमा सरोकारवाला गम्भीर हुनु जरुरी छ।’

केही समयअघि विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने तयारी शिक्षा कार्यालयले गरे पनि सहमति जुट्न नसक्दा सफल हुन सकेको छैन। अब माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहमा गइसकेको छ। सामुदायिक विद्यालयका समस्या समाधानका लागि स्थानीय तह नै जिम्मेवार हुनुपर्ने निमित्त जिल्ला शिक्षा अधिकारी शंकरदत्त भट्टले बताए। उनले भने, ‘जिल्लाका केही विद्यालयमा दरबन्दीअनुसार शिक्षक छैनन् भने कुनै विद्यालयमा विद्यार्थी अनुपात कम छ। सरकारले ठूलो लगानी गरेर सामुदायिक विद्यालय सञ्चालन गरिरहेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारले ध्यान दिनु आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.