भलिबल सुन्दरी

भलिबल सुन्दरी

भलिबललाई विश्वका चर्चित र रमाइलो खेलका रूपमा हेरिन्छ। बिचमा खेलिने ‘ग्ल्यामरस’ खेल होस् या इन्डोरमा खेल्ने खेल, यो खेल हेर्न संसारभर दर्शकको ओइरो लाग्ने गरेको छ। अन्य खेलको तुलनामा भलिबल खेलका प्रतियोगिता कम भए पनि महिला र पुरुष दुवै विधामा उत्तिकै लोकप्रिय यो खेलमा थुप्रै स्थापित बनेका छन्।

गत जेठ ८ देखि मुलुकको ‘राष्ट्रिय खेल’ बनेको भलिबल नेपालमा पनि उत्तिकै लोकप्रिय छ। फुटबल र क्रिकेटपछि पैसा तिरेर हेरिने खेल भलिबल बनेको छ। चाहे नयाँ बसपार्कको धुले कोर्टमा होस् या पोखरा रंगशालाको कोर्ट अथवा त्रिपुरेश्वरको कभर्डहलमै किन नहोस्, पैसा तिरेर भलिबल हेर्नेको लर्को लाग्ने गरेको छ। नेपालमा पनि पुरुषका साथै महिला खेलाडीले समेत आफ्नो नामलाई स्थापित गरेका छन्। कुनै समय सिपोरा गुरुङ, मञ्जु गुरुङ, रमिला तण्डुकारहरूले अगाडि बढाएका नेपाली भलिबललाई अहिले प्रतिभा माली, सरस्वती चौधरी र रेश्मा भण्डारीहरूले धानिरहेका छन्।

यस आलेखमा भने संसारका ती ‘हट’ तथा ‘ग्ल्यामरस’ महिला भलिबल खेलाडीका बारेमा चर्चा गरिएको छ, जसले सुन्तरतासँगै भलिबललाई पनि उचाइमा पुर्‍याउन योगदान पुर्या‍एका छन्।

स्किलमा अब्बल तलिता

तलिता एन्टुनेज ब्राजिलकी राष्ट्रिय भलिबल खेलाडी हुन्। फुटबलको ‘पावर हाउस’ मानिने ब्राजिलमा तल्टिता लगायतका प्रतिभाशाली खेलाडीले भलिबललाई उचाइमा पु¥याएका छन्। भलिबलमा बलिया राष्ट्रमा ब्राजिललाई स्थापित गराएका छन्।

तलितालाई सुन्दर र ग्ल्यामरस खेलाडी मात्र होइन, ‘टेक्निक’ र ‘स्किल’मा पनि संसारकै उत्कृष्ट खेलाडी मानिन्छ। सन् २०११ मा १९ वर्षको उमेरमा ‘डिगिङ’ र ‘रेजिङ’ थालेकी तालिताले छोटो समयमै आफूलाई स्थापित गरेकी छन्। उनले राष्ट्रिय टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय उपाधि जितिसकेकी छन्।

टेक्निककी धनी काइजर

नेदरल्यान्डकी सेन काइजर राष्ट्रिय टोलीकी सिनियर खेलाडी हुन्। सन् १९९६ देखि इन्डोर भलिबल खेल्न थालेकी उनी अहिले बिच र इन्डोर दुवै भलिबल खेल्ने गर्छिन्। इन्डोर खेलमा राष्ट्रका लागि थुप्रै उपाधि जिताइसकेकी उनले बिच भलिबलमा पनि तहल्का मच्चाउँदै आएकी छन्। अर्जान स्टेभेन्ससँग मिलेर काइजरले वल्र्ड बिच भलिबल च्याम्पियनसिप जितिसकेकी छन्। सर्लक्क परेको जीउडाल, सुन्दर अनुहार र उत्कृष्ट ‘टेक्निक’; यिनै तीन कुराले काइजरलाई भलिबल सुन्दरीका रूपमा चर्चा गर्ने गरिन्छ।

मार्टाको ‘किलर ब्युटी’

मार्टा मेनेगाट्टी इटालीकी भलिबल खेलाडी हुन्। विश्व भलिबलमा इटालीको पुरुष टोलीले दबदबा कायम राख्दा मेनेगाट्टी लगायतका खेलाडीको मेहनत र परि श्रमले महिला भलिबलको राष्ट्रका रूपमा स्थापित गरेको छ।

सन् २०१२ को लन्डन ओलम्पिक र त्यसपछिका प्रतियोगितामा इटालीलाई दाबेदार बनाउन मेनेगाट्टीको योगदान अहं मानिन्छ। पुरुषलाई भुतुक्कै पार्ने (किलर ब्युटी)की धनी मेनेगाट्टी भलिबललाई विपक्षी कोर्टमा ‘किल’ गर्न माहिर छिन्। उनले पाएका अवसरलाई सदैव न्याय गर्ने गरेकी छन्। इन्डोर भलिबलमा तहल्का मच्चाएकी मेनेगाट्टीले ‘टु पिस’मा खेलिने बिच भलिबललाई पनि अगाडि बढाउँदै आएकी छन्। कुनै समय ग्रेटा सिकोलारीसँग जोडी बाँध्दै आएकी मेनेगाट्टीले अहिले भिक्टोरिया ओरसीसँग बिच भलिबल खेल्ने गर्छिन्।

अट्राक्टिभ लुक्सकी धनी सोफी

सोफी भान गेस्टेललाई झट्ट हेर्दा भलिबल खेलाडीजस्तो लाग्दैन। सुडौल शरीर, गोरो अनुहार र ‘अट्राक्टिभ लुक्स’ले सोफीलाई धेरैले फिल्मकी नायिका अथवा मोडल भन्ठान्छन्।

सोफी इन्डोर भलिबलमा जमेकै छिन्, बिच भलिबलमा भने उनी अझ विशेष मानिन्छिन्। उनले आफ्नो सुन्दरता र खेल कौशलले संसारका लाखौंलाई फ्यान बनाएकी छन्।

नेदरल्यान्डकी सोफीले सन् २०१२ को समर ओलम्पिक खेलिन्। यसबाहेक थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिन्। उनलाई संसारका उत्कृष्ट भलिबल खेलाडीमा हेर्ने गरिन्छ।

सदाबहार खेलाडी मारिया

ब्राजिलकी मारिया इलिसा इन्टोनेल्लीलाई सदाबहार भलिबल खेलाडी मानिन्छ। विश्वका उत्कृष्ट खेलाडीको सूचीमा लगातार पर्न सफल यी खेलाडीको सुन्दरताले पनि खेललाई अझ परिस्कृत गर्न मद्दत पु¥याएको छ।

रियो दी जेनेरियोकी स्थायी बासिन्दा मारियाले राष्ट्रिय टोलीका साथै व्यावसायिक बिच भलिबल पनि खेल्दै आएकी छन्। उनले आफ्नै देशकी तलिता एन्टुनेजलाई पार्टनर बनाएर थुप्रै उपाधि जितिसकेकी छन्।

सुन्दरताकी धनी मोनन

मोनन फियरलाई देख्नेहरूको मुखबाट एउटै वाक्य निस्कने गर्छ— अहा कति सुन्दर ! यी डच खेलाडी मोनन वास्तवमै सुन्दर छिन्। सन् २००७ मै ‘भ्यालुएवल प्लेयर’को अवार्ड जितेकी मोननले नेदरल्यान्डलाई फुटबलको मात्रै होइन, भलिबलको पनि ‘पावर हाउस’ हो भन्ने कुरालाई स्थापित गरे। मोनन सम्मिलित डच टोलीले चीनमा भएको एफआईभीबी ग्रान्डपिक्समा स्वर्ण पदक जितेको थियो।

बिच भलिबलमा जमेकी रचेल

रचेल वाचवल्डर विशेषतः बिच भलिबल खेलाडी हुन्। बिच भलिबलमा छुट्टै पहिचान बनाएकी रचेल मोडलिङको दुनियाँमा पनि उत्तिकै चर्चित छिन्। अमेरिकाकी यी खेलाडीले टायरा पेइरिङ लगायतका खेलाडीसँग जोडी बनेर बिच भलिबलमा दबदबा राखिन्। भलिबल र मोडलिङमा जमेकी रचेललाई सामाजिक सञ्जालमा फलो गर्नेहरूको लिस्ट धेरै लामो छ।

सन्न्यासपछि पनि उत्तिकै चर्चित रिस

अमेरिकाकी गाब्रियल रिसले सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेकी छन्। तर पनि भलिबलकी पूर्वखेलाडी रिस कोर्टमा उत्रँदाको जत्तिकै चर्चा अहिले पनि हुने गर्छ। उमेर ३७ वर्ष भइसक्दासमेत विश्वका सुन्दर भलिबल खेलाडीको नाम लिनुपर्दा रिसको पनि नाम लिने गरिन्छ। भलिबलसँगै हलिउड चलचित्रमा पनि अभिनय गरेकी रिस मोडलिङ र खेलकुद पत्रकारसमेत बनिन्। सुडौल शरीर र सुन्दर मुहारका कारण ‘सेक्सी’ र ‘गर्जियस’ महिलाका रूपमा उनको चर्चा गर्ने गरिन्छ।

अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी रिसले सानैमा बुवालाई गुमाउन पुगिन्। उनी पाँच वर्षको हुँदा बुवा एर्डवार्डो रिसलाई प्लेन दुर्घटनामा गुमाइन्। त्यसपछि आमासँग अर्कै सहरमा गएकी उनले विद्यालय शिक्षा पूरा गरेपछि व्यावसायिक भलिबल खेल्न थालिन्। उनले खेल्न थालेको छोटो समयमै वल्र्ड बिच भलिबल च्याम्पियनसिपमा दबदबा कायम राखिन्।

सानैमा टुहुरी बनेकी रिसले आफ्नो जीवनलाई बहुआयामकि रूपमा अगाडि बढाइन्। उनले आफूले सक्ने हरेक क्षेत्रमा हात हालिन्। सन् १९९७ मा ‘बिग गल इन द मिडल’ भन्ने पुस्तक प्रकाशन गरेपछि उनलाई झनै चर्चाको शिखरमा पुर्‍यायो।

सधैं चर्चामा मार्केटा

विश्वका चर्चित तथा ग्ल्यामरस भलिबल खेलाडीको चर्चा गर्दा मार्केटा कहिल्यै पनि छुट्दिनन्। चेक गणतन्त्रकी यी खेलाडीलाई बिच भलिबलमा सबैभन्दा सफलतम् खेलाडी मानिन्छ।

सुन्दर महिला खेलाडीको परिचय बनाएकी मार्केटाले एफआईभीबीको लिस्टमा शीर्ष स्थान हासिल गरिन्। उनकै प्रेरणामा चेक गणतन्त्रले सन् २०१२ को लन्डन ओलम्पिकमा पाँचौं स्थान हासिल गर्‍यो। यसबाहेक अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो राष्ट्रलाई जिताइन्। उनले बारबोरा हेमानोभ्भासँग मिलेर बिच भलिबलमा एकाधिकार जमाइन्। यो जोडीले थुप्रै उपाधिमाथि कब्जा जमायो। पाँच फिट ११ इन्च अग्ली मार्केटाको जम्प र स्पाइक गज्जबको छ। एजेन्सीको सहयोगमा  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.