जातीय विभेद हटाउन सहभोज

जातीय विभेद हटाउन सहभोज

बेसीसहर : बेसीसहर–२ नरुवालकी ७० वर्षीया आइतमाया परियार गैरदलितसँगसँगै बसेर भोज खान पाउँदा दंग परिन्। शुक्रबार बेसीसहर नगरपालिका–२ नरुवालमा आयोजना गरिएको सहभोजमा उनी सहभागी थिइन्। स्थानीय जागे्रनी सामुदायिक सिकाइ तथा कार्य केन्द्रको आयोजना र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा भएको सहभोजमा दलित र गैरदलित १ सय ५० जना सहभागी भए।

७० वर्षको उमेरमा उनी पहिलोपटक सहभोजमा सहभागी भएकी हुन्। यसअघि गैरदलितले आयोजना गरेको भोजमा उनी सहभागी हुन त परको कुरा छेउमै बस्न पनि डराउँथिइन्। कारण उनीलाई गैरदलितले गाली गर्छन् कि भन्ने डर थियो। ‘पहिलेपहिले गाउँमा विवाहमा जाँदा कि त बारीको छेउमा बस्नुपथ्यो कि त पर बस्नुपथ्र्यो,’ उनले विगत सम्झदै भनिन्, ‘समय फेरिएछ हामीले पनि सँगै खाना खाने अवसर पायौं।’

७२ वर्षीय सुकमाया नेपालीको अनुभव पनि फरक छैन। दलितले पकाएको खान त के कथित माथिल्लोे जातकालाई छुँदा समेत छोई छिटो हाल्ने चलन सम्झिँदै सुकमायाले भनिन्, ‘विगत सम्झिँदा आपूmलाई गैरदलितले गर्ने व्यवहारमा मानवता थिएन। अहिले भान्छे बनेर आफूहरुले पकाएको खाना पस्केर गैरदलितलाई दिँदा संसारै जितेको आभास भयो।’

३५ वर्षीय प्रकाश परियार पनि सहभोज कार्यक्रममा भान्छे भएर गैरदलितलाई खाना दिए। उनले भने, ‘आज एकदमै खुसी छु, सदियौदेखि पछाडि परेका दलित पनि गैरदलितसँगै बसेर सहभोज खाने अवसर पायौं।’ ७१ वर्षीय लीलाधर वाग्ले ४० वर्षदेखि गाउँमा पुरोहितको काम गदै आएका छन्। सहभोजमा सहभागी हुँदै उनले आपूmले यस्तो कार्यलाई सहजताका साथ स्वीकारेको बताए।

सहभोजले दलितले छोएको खान हुँदैन भन्ने रुढीवादी परम्परालाई तोडेको स्थानीयले बताएका छन्। जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डेले यस्ता सचेतनामुलक कार्यक्रमले जातीय विभेद विस्तारै हट्दै जाने बताए। उनले भने, ‘आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा दलित समुदायलाई सबल बनाएर जातीय विभेद हटाउन सकिन्छ।’ पाण्डेले जातीय छुवाछुत न्यूनीकरणका लागि आठ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले यस्ता कार्यक्रम देखावटी नभई दीर्घकालीन रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सबै वडाहरुमा जातीय विभेद न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने बताए। उनले जातीय विभेद गरेको पाइए कानुनतः दण्डनीय हुने भएपनि व्यवहारमा अझैँ कार्यान्वयन हुन नसकेको बताए। उनले संविधानमा लेखेका कुरा जस्तै भाषण गरेर मात्रै समानता नआउने भन्दै व्यवहारमा उतार्न आग्रह गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.