मोटरबाटो पुग्दा स्थानीय खुसी

मोटरबाटो पुग्दा स्थानीय खुसी

कुश्मा : मोदीगाउँपालिका–६ को तिलाहार गिज्यान गाउँमा मोटरबाटो पुगेपछि स्थानीय हर्षित बनेका छन्। डिमुवा–तिलाहार–ठाना हुँदै तल्लो÷उपल्लो गिज्याङ जोड्ने मोटरबाटो निर्माण पूरा भएको हो। मोदी गाउँपालिकाको चालु आर्थिक वर्ष ७४÷०७५ मा विनियोजन भएको २० लाख रुपैयाँले उक्त मोटरबाटो निर्माण भएको हो।

७ मिटर फराकिलो रहेको मोटरबाटो निर्माण गर्न थालेसँगै त्यस स्थानका स्थानीयहरुमा खुसीयाली छाएको छ। गाउँबाट करिब डेढ घन्टा तल झरेपछि सवारीसाधन हेर्न र उपभोग गर्दै आएका स्थानीय अब आफ्नै घरदैलोमा मोटर पुग्ने भएपछि उनीहरु हर्षित बनेका छन्।

यो सडक निर्माण भएपछि साविक तिलाहारको ठाना, तल्लो गिज्यान, उपल्लो गिज्यानका स्थानीयलाई बजारदेखि सामान ढुवानी गर्न, घर भवन निर्माणका लागि खोलादेखि गिटी बालुवा घरसम्म पु¥याउन र बिरामी परे गाडीबाटै हस्पिटल पु¥याउन सकिने भएको छ। गाउँमा मोटरबाटो पुगेपछि गाउँमा उत्पादन हुने कच्चापदार्थ एवं कृषिजन्य पदार्थ छिटो बजारसम्म ढुवानी गर्न सजिलो हुने स्थानीय सेती महतले बताइन्। मोदी गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी महतले भनिन्, ‘बाटोको सुविधा नहुँदा गाउँमा व्यावसायिक रुपले केही पनि उत्पादन गर्न सकिएको थिएन, अब भने व्यावसायिक रुपमा तरकारी, फलफूल तथा पशुपालन गर्न किसानलाई प्रोत्साहित गर्ने बताइन्।’

‘पहिले साह्रै दुख थियो’, स्थानीय दीपेन्द्रजंग लामिछानेले भने, ‘घर मै मोटरबाटो आएपछि खुसी लागेको छ।’ मोटरबाटो निर्माण भएपछि कामकाजका लागि बजार जान तथा बिरामी पर्दा एम्बुलेन्स सेवा पनि सहज रुपमा सञ्चालन गर्न सकिने उनले बताए।

गाउँमा मोटरबाटो निर्माण भएपछि आफ्नो जनजीवनमा केही मात्रामा भए पनि सहजता थपिने स्थानीय बताउँछन्। मोटरबाटो निर्माणका लागि बजेट अभाव भएका कारण गाउँपालिकासँग माग गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष समेत रहेका दीपेन्द्रजंग लामिछानेले बताए।

मोटरबाटो निर्माणका लागि थप ३० लाख रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ। पहिला मानिस हिँड्नसमेत निकै अप्ठेरो रहेको बाटोलाई फराकिलो बनाएर २ हप्ताभित्र सम्पन्न गरिएको उनले बताए। यो सँगै उक्त वडाका सवैजसो बस्तीमा मोटरबाटोको सुविधा पुगेको वडा अध्यक्ष विमल लामिछानेले बताए। पूर्वाधार निर्माणका लागि सबैभन्दा महत्वपुर्ण मानिएको सडक पुगेसँगै गाउँमा व्यावसायिक गतिविधि बढ्दै जाने लामिछानेको विश्वास छ।

५ वर्षभित्र गाउँपालिकाका मुख्यमुख्य सडकमा बाह्रैमास सवारीसाधन चलाउन सकिने बनाउने प्रतिवद्धता जनाएको मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि झन्डै ५० प्रतिशत रकम सडककै लागि विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष लामिछानेले जानकारी दिए। अहिले सवै वडामा अपुग मोटरवाटो पु¥याइएको र आगामी वर्षदेखि स्तरोन्नति गरिने उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.