अफगानिस्तान : आत्मघाती आक्रमणमा ५२ को मृत्यु

अफगानिस्तान : आत्मघाती आक्रमणमा ५२ को मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा आक्रमणकारीसहित ५२ जना सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ। घटनामा एक सयभन्दा बढी घाइते भएका छन्।

स्थानीय एक विद्यालयअगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको हो। बम पड्किने बेलामा मतदाता परिचयपत्र लिनका लागि कैयौं मानिस नाम दर्ता गराउन निर्वाचन कार्यालयअगाडि रहेका थिए। स्थानीय समयअनुसार बिहान १०ः१० मा घटना भएको हो। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतकको संख्या थप केही बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ।

मृत्यु हुनेमा २२ जना पुरुष, २१ जना महिला र ५ बालबालिका छन्। घाइतेको संख्या बढेर १ सय १२ पुगेको छ। उक्त विस्फोटपछि २० अक्टोबरमा निश्चित गरिएको निर्वाचनबारे चिन्ता बढेको छ। काबुलका प्रहरी प्रमुख दाउद अमीनले भने, ‘निर्वाचन केन्द्रको प्रवेशद्वारमै शक्तिशाली विस्फोट भएको छ। यो आत्मघाती आक्रमणमा कैयौं व्यक्तिको मृत्यु भएको छ।’ अफगान स्वास्थ्य मन्त्रालयले घाइतेको पहिचान गर्ने र उनीहरूको उपचारको प्रयास भइरहेको जनाएको छ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले अप्रिल १ तारिखका दिन आगामी अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो। अफगानिस्तानमा तालिबान लडाकुले जारी राखेको द्वन्द्वका कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो।

शहरको पश्चिममा शिया सम्प्रदायको बसोवास छ। अफगानिस्तानमा संसदीय चुनावका लागि १२ अप्रिलदेखि मदाताको नाम दर्ता शुरु गरिएको थियो। उक्त आक्रमणको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.