रोकिएको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

रोकिएको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

भीमदत्तनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा सोमबार बिहान रोकिएको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा से ४ त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो।

ठक्करबाट मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पुर्‍याइएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्।घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.