हत्याका फरार आरोपी १९ वर्षपछि पक्राउ
नेपालगन्ज : हत्याको आरोपमा फरार रहेका मेराज अलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका–१६ बाट उनलाई आइतबार पक्राउ गरेकोे हो ।
२०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेर फरार भएको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि रहेका छन् ।
यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्किएका छैन । जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ ।
परिवारको तर्फबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उनका सम्धी पूर्णप्रसाद लम्सालले बताए । रासस