लकिङ प्रणालीबाट इन्धन आयात सुरु

लकिङ प्रणालीबाट इन्धन आयात सुरु

भैरहवा : लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ । भारतबाट आयात हुने इन्धन बीचबाटोमा हुने चुहावट रोक्न लकिङ प्रणाली लागू गरिएको हो । आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक शाहले अब पेट्रोलियम पदार्थ आयातका क्रममा हुने चुहावट पूर्ण रूपले नियन्त्रण हुने जानकारी दिए ।

विगतमा भारतबाट तारले बेरिएको सिल लगाएर मात्र आउने हुँदा चालक र सहचालकले बीचबाटोमै सिल तोडी इन्धन चोरी गरेर पुनः सिल जस्ताको त्यस्तै लगाएर नेपालको डिपोमा ल्याउने गरेका थिए । अब भने भारतमा ट्यांकरमा इन्धन लोड भएपछि भारतीय आयल कर्पोरेसनले ट्यांकरमा ताल्चा लगाइ दिन्छ । ट्यांकर भलवारी डिपोमा आएपछि आयल निगमले ताल्चा खोल्नेछ । एउटा ट्यांकरमा लगाइने ताल्चाको ३/३ वटा साँचो भारतीय आयल र नेपाल आयल निगम दुवैतर्फ हुन्छ । यसरी इन्धन आयात सुरु भएका कारण विगतमा भएको बदमासी पुनः नहुने प्रमुख शाहले बताए । उनले डिपोका लागि एक सय ९३ वटा ट्यांकरले इन्धन ढुवानी गर्ने गरेकामा पहिलो चरणमा ३३ वटामा लकिङ प्रणाली लागू गरिएको जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय भलवारी डिपोमा भारतको बैतालपुर र मुगलसरायबाट एक सय ९३ वटा ट्यांकरबाट इन्धन ढुवानी हुन्छ । बैतालपुरबाट आठ सय केएल डिजेल र मुगलसरायबाट दुई सय केएल पेट्रोल भलवारी डिपोमा आउने गर्दछ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्र्टराइले लकिङ प्रणाली निगमको सुधारको महŒवपूर्ण कदम भएको बताए ।

उनले लकिङ प्रणालीअन्तर्गत ट्यांकरमा प्रयोग गरिएको ताल्चाको नक्कली साँचो बनाउन नमिल्ने हुँदा कुनै किसिमको बदमासी नहुने बताए । सन् २००२ देखि भारतमा यही लकिङ प्रणालीमार्फत इन्धन ढुवानी भइरहेको छ । भारतमा गोदरेज कम्पनीले निर्माण गरेको ताल्चा प्रयोग भइरहेका कारण यहाँ पनि सोही कम्पनीको ताल्चा प्रयोग गरिएको छ ।

एउटा ट्यांकरमा लगाइने ताल्चाको ३/३ वटा साँचो भारतीय आयल र नेपाल आयल निगम दुवैतर्फ हुन्छ ।

उटा ताल्चाको मूल्य करिब १० हजार रुपैयाँ छ । मंगलबार निगमको भलवारी डिपोले एक कार्यक्रम आयोजना गरी लकिङ प्रणालीमार्फत सुरु भएको इन्धन ढुवानीको उद्घाटन गरेको छ । ट्यांकर र पेट्रोलियम व्यवसायीले लकिङ प्रणालीमार्फत इन्धन ढुवानी भएकामा स्वागत गरेका छन् । पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधनले लकिङ प्रणालीमार्फत इन्धन ढुवानी हँुदा अब व्यवसायीमाथि कुनै किसिमको लान्छना नलाग्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.