ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते

ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते

दमौली : तनहुँको व्यास नगरपालिका ११ मालेपहरामा ग्यासको बुलेट बोकेको ट्यांकर पल्टिएको छ । सुनौलीबाट बुलेट लिएर पोखरा जाँदै गरेको एनएल १ ए ए०१०ए नम्बरको भारतीय  बुलेट पृथ्वी राजमार्गबाट झण्डै १०० मिटर तल खसेको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । 

पोखराको शक्ति ग्यास उद्योगका लागि ग्यास लिएर गएको बुलेट विहान करिब ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बीच जंगलमा बुलेट खस्दा ग्यास समेत चुहिएको थियो । तर नजिक बस्ती नभएका कारण धेरै जोखिम नभए पनि केही परका बासिन्दालाई सचेत गराइएको क्षेत्रीले बताए । बुलेटका चालक र सहचालक भने घटनापछछि घाइते भएर दमौलीमा उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.