टिमुर खेती गरेर जीविकोपार्जन

टिमुर खेती गरेर जीविकोपार्जन

तानसेन : पाल्पाका सामुदायिक वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्ने क्रम बढेको छ । रिब्दिकोट गाउँपालिका–७ पालुङमैनादीका कृषकले सामुदायिक वनमा टिमुर खेती गरी आम्दानी सुरु गरेका छन् । पालुङमैनादीका कृषकले ठूलाचौर कबुलियती सामुदायिक वन समूह गठन गरी टिमुर खेती सुरु गरेका हुन् । ठुला रुख बिरुवा नभएको, बनमाराले ढाकेको मानवीय जीवनमा प्रयोगविहीन रहेको जंगललाई जिल्ला वन कार्यालयमार्फत कबुलियती वनमा रुपान्तरण गरी समुदायले टिमुर खेती सुरु गरेका हुन् ।

जिल्ला वन कार्यालयले सो वनलाई कबुलियती वनमा रूपान्तरण गरी स्थानीय स्तरबाटै संरक्षण तथा उपभोग गर्ने गरी ४० वर्षका लागि हस्तान्तरण गरेको हो । ‘घरायसी काममा मात्र टिमुर प्रयोग गर्दै आएका थियांै तर टिमुर संरक्षण तथा प्रवद्र्धनमा कसैले चासो दिएका थिएनौं’, ठूलो चौर सामुदायिक वन समूहकी अध्यक्ष दुर्गा पुनले भनिन्, ‘पछिल्लो समय टिमुरको महŒव र उपयोगबारे जानकारी पाएपछि टिमुर खेतीमा लागेका हौं ।’

वनमाराले लपक्कै ढाकेको वनमा स्थानीयले २० दिन लगाएर झाडी सफा गरी वनलाई चिटिक्क बनाएका छन् । वनमा रहेका पुराना टिमुरका बिरुवा स्थानीयले काँटछाँट गरेका छन् भने नयाँ बिरुवा लगाउने गरी जमिन तयारी गरेका छन् । सामुदायिक वनमा रहेका अधिकांश टिमुरका बिरुवा फुलेका छन् । ठूलो चौर सामुदायिक वनमा मात्र ५ हजार टिमुरका बिरुवा भेटिएका छन् ।

जिल्ला वन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा ५ हजार बिरुवाको आधुनिक प्रविधिबाट काँटछाँट गरी अप्रेसन गरिएको छ । विगतमा वनमा भएको टिमुर जो–कसैले आफूखुसी टिप्ने, हाँगा भाँच्ने, काट्ने, समयअगाडि नै टिप्ने गरेकाले राम्रो फल दिन सकेको थिएन । तर, अहिले त्यो अवस्थामा सुधार आएको छ ।

कबुलियती सामुदायिक वनलाई टिमुर खेतीको पकेट क्षेत्र बनाउने गरी काम सुरु भएको वन प्राविधिक रामचरण चौधरीले बताए । यस क्षेत्रको माटो र मौसम टिमुर खेती गर्न उपयुक्त देखिएकाले कार्यालयले वनका उपभोक्तालाई भेला गराएर टिमुर खेती गर्ने तरिका, बिरुवाको काँटछाँट, टिमुर टिप्ने तरिकालगायत विभिन्न विषयमा तालिम दिँदै विभिन्न किसिमका औजारसमेत प्रदान गरेको छ ।

सरकारले जडीबुटीको अनुसन्धान, विकास तथा खेतीअन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि यसतर्फ किसानको ध्यान बढेको हो । टिमुर महŒवपूर्ण जडीबुटीका रूपमा सूचीकृत भएकाले यस क्षेत्रमा परम्परागत रूपमा टिमुर खेती हँुदै आएकाले स्थानीयलाई स्वामित्व हस्तान्तरण गरी यस क्षेत्रलाई पकेट क्षेत्रमा विकास गर्ने गरी काम सुरु गरेको जिल्ला वन कार्यालयका प्रमुख दधिलाल कँडेलले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.