बुद्धजयन्तीमा चार वट सुरक्षा निकाय परिचालन

बुद्धजयन्तीमा चार वट सुरक्षा निकाय परिचालन

भैरहवा : २५६२औं बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको सुरक्षालाई ध्यानमा राख्दै लुम्बिनीमा सुरक्षा व्यवस्था कडा गरिने भएको छ । जयन्ती र सम्मेलनमा विभिन्न मुलुकबाट उच्च तहका व्यक्ति गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भएकाले उनीहरूका साथै सम्मेलनमा सहभागी सर्वसाधारणको समेत सुरक्षार्थ लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइने भएको हो । सम्मेलन र जयन्तीका दिन सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न सुरक्षा योजना बनाएर कार्यान्वयन भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना गरी मुलुकका चार वटै सुरक्षा निकाय परिचालन गरिने प्रजिअ मैनालीले बताए । उनका अनुसार सम्मेलनमा हजारौं संख्यामा सुरक्षाकर्मी खटिनेछन् । ‘सोमबार साँझ बैठक बसेर सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याएका छौँ’, उनले भने, ‘बौद्ध सम्मेलन र बुद्धजयन्तीका दिन सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुने छैन ।’ सम्मेलन र जयन्तीका लागि अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायत २३ मुलुकबाट उच्च ओहोदाका व्यक्तित्व आउनेछन् । तीमध्ये १५ मुलुकका धार्मिक तथा संस्कृतिमन्त्रीले सम्मेलनमा सहभागिता जनाउने लुम्बिनी विकास कोषले जनाएको छ ।

कार्यक्रममा भिभिआईका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरोमा नेपाल प्रहरी तैनाथ रहने प्रमुख जिल्ला अधिकारी मैनालीले बताए । लुम्बिनीमा बौद्ध सम्मेलन र बुद्धजयन्तीको सुरक्षालाई ध्यानमा राख्दै सोमबार लुम्बिनीमा सुरक्षा बैठक बसेको हो । जसमा प्रदेश ५ का पर्यटनमन्त्री लीला गिरी, भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, यी तीन वटै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, सेनाको सहभागिता थियो ।

बैठकले भैरहवा–कपिलवस्तुमार्गमा सवारी जाम हुने हुँदा सम्मेलन र जयन्तीका दिन औद्योगिक करिडोरका सवारी राति मात्र चलाउन उद्योगी व्यवसायीलाई आग्रह गर्ने, लोडसेडिङ नगर्ने, बाटोको खाल्डाखुल्डी पुर्ने, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषले बुद्धत्व झल्किने गरी आआफ्नो क्षेत्रमा स्वागत गेट निर्माण गर्नेलगायत निर्णय भएको लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव एवं योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । यस वर्ष ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने मूल नारासहित वैशाख १५ र १६ गते बौद्ध सम्मेलन आयोजना हुनेछ भने १७ गते बुद्धजयन्ती मनाइँदै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.