कृषिलाई आधुनिकीकरण गर्न चीन र इजरायली सहयोग : दाहाल

कृषिलाई आधुनिकीकरण गर्न चीन र इजरायली सहयोग : दाहाल

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कृषिलाई  आधुनिकीकरण गर्न चीन र इजरायली सहयोगकाबारेमा छलफल भइरहेको बताएका छन्  । विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने  बताए । उनले नेपालका १५ स्थानमा नमुना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको जानकारी दिए । 

 अध्यक्ष  दाहालले छिमेकी मुलुक चीनबाट आएका व्यवसायीको टोलीसँग  उद्योग खोल्नेबारे छलफल भइरहेको बताए ।  उनले स्टील, फलाम, कपडा, चप्पल लगायतका २५ उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको बताए । अध्यक्ष  दाहालले भने ,'मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।’

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै  उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर  विकास योजना  बनाइने प्रतिवद्धता जनाएका छन् । उनले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताए  ।

प्राकृतिक स्रोत साधनलाई अधिकतम् उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा उनले ,‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ ।’ चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको  बताए  । 

उनले  निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै  चालू आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको  बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.