पर्यटकीय गन्तव्य बन्दै चाँदनी दोधारा पुल (फोटो फिचर)
कञ्चनपुर : देशकै लामो झोलुङ्गे पुल चाँदनी दोधारा पुल स्थानीयका लागि आवतजावतका लागि सजिलो माध्यम त बनेको छ नै, अन्यत्रबाट कञ्चनपुर पुग्नेका लागि भने यो पुल आकर्षण बन्ने गरेको छ।
महाकाली नदि पारीको चाँदनी दोधारालाई सदरमुकाम महेन्द्रनगरसँग जोड्नका लागि बनेको डेढ किलोमिटर लामो पुल आफैं भने विस्तारै जीर्ण बन्दै गएको छ।
पुलमा मोटरसाइकलमा यात्रास् केही समयअघिसम्म पुल वारपार गराउनका लागि व्यवसायकै रुपमा मोटरसाइकल चलाइन्थ्यो। तस्बिर :रुपेश श्रेष्ठ
गर्मीको मौसममा पुलमुनिको महाकाली नदिमा पौंडिदै स्थानीय।तस्बिर : : रुपेश श्रेष्ठ
चाँदनीबाट महेन्द्रनगरमा खेतमा आमाका लागि खाजा ल्याउँदै गरेका केटाकेटी।तस्बिर : रुपेश श्रेष्ठ
मोटरसाइकलमा अाफ्नाे गन्तव्यतिर जाँदै। तस्बिर : रुपेश श्रेष्ठ
महेन्द्रनगरबाट देखिने पुलको दृश्य।तस्बिर : रुपेश श्रेष्ठ