हत्याकाण्डका दोषी रिगल ढकाललाई  सर्वश्वसहित जन्मकैद

हत्याकाण्डका दोषी रिगल ढकाललाई  सर्वश्वसहित जन्मकैद

नेपालगन्ज :  नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझीचाेक  नजिक नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै गुण्डागर्दीमा स‌ंलग्न रहँदै आएका रिगल भनिने योग ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको  छ । जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । 

१३ जना अभियुक्त मध्ये रिगलसहित ४ जनालाई जम्मकैद र बाँकी ९ जनालाई तीनदेखि दश वर्षसम्मको सजायको फैसला भएको छ । अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैदको सजाय दिएको छ  भने  सोहनसिंह ढकाललाई दश वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत बाँकेका स्रेस्तेदार दण्डपाणि लामिछानेले जानकारी दिए ।

उनका अनुसार  माधव नेपाली, विराज पाठक, हरि ओली, मनिष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई तीन/तीन  वर्षको सजाय सुनाइएको छ । त्यस्तै  दीपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्षको कैद सजाय भएको छ ।  दीपक केसीलाई अदालतले  सफाइ  दिएकाे छ ।

 रिगलसहितको समुहले नेपालगन्जको व्यस्त सुर्खेतरोडमा दिनदाहडै मानन्धरमाथि २०७२ साल असार २८ गते खुँडा प्रहारी गरी हत्या गरेको थियो  । उक्त घटनामा संलग्न गुण्डा नाइके रिगल ढकालले दुई वर्ष अघि नै आत्मसमर्पण गरिसकेका छन् । 

हत्यामा संलग्न रहँदा रिगल तरुण दल बाँकेको क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रहेका थिए । बाँके, बर्दिया लगायत साविकको मध्यपश्चिम क्षेत्रमा  चन्दा असुली,  ठेक्कापट्टा लगायतका  अपराधी घटनामा रिगल समुहकाे प्रभाव रहदै आएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.