किम जोङ सम्मानित व्यक्तित्व : ट्रम्प

किम जोङ सम्मानित व्यक्तित्व : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको प्रशंसा गरेका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम निकै सम्मानित व्यक्तित्व भएको बताएका छन् । उनले नेता किमसँग छिटै भेट्ने पनि बताएका छन् ।

अमेरिकाले उत्तर कोरियाली नेता किमको लामो समयदेखि आलोचना गर्दै आएको थियो । उनी बर्बर, तानाशाह र झेली भएको भन्दै किमको आलोचना गरिएको थियो । जनविरोधी भएको भन्दै किमका बाबु र बाजेको पनि ट्रम्पले आलोचना गरेका थिए ।

एक्कासि अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइले सबैलाई चकित बनाएको छ । यो भनाइसँगै कोरिया र अमेरिकाबीच वार्ता सफल हुने अनुमान गरिएको छ । ट्रम्पले भने, ‘उनी (किम जोङ उन) निकै खुला भएका छन् । हामीले यो देखेका छौं । यसबाट उनी निकै सम्मानित व्यक्ति हुन् ।’ उत्तर कोरियाले कैयौं प्रतिबद्धता व्यक्त गरे पनि यस्तो वातावरण निर्माण हुनु सुखद भएको ट्रम्पले बताएका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले किमलाई ‘लिटिल रकेट म्यान’ भन्ने नाम दिएका थिए । उनले उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की पनि दिएका थिए । त्यसको बदलामा किमले ट्रम्पलाई बौलाहाको संज्ञा दिएका थिए ।


प्योङयाङ-वासिङटन वार्तापूर्व मुन भेट्द ट्रम्प

सोल : उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुपूर्व दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन् ।

ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडि मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गरेको सामाचारमा जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भए पनि मिति भने यकिन भइसकेको छैन ।

मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् । उत्तर कोरियाका नेता किमसँग मुनले आगामी शुक्रबार उत्तर कोरियासँगको सिमाना नजिक दक्षिणकै भू–भागमा पर्ने पानमुनजोममा भेट्ने कार्यक्रम रहेको छ।

त्यसलगत्तै किमसँग ट्रम्पले पनि भेट्ने सम्भावना रहेको यसअघि नै ट्रम्पले बताइसकेका थिए । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको शुरुतिर हुनसक्ने बताइएको छ । अब शीर्षस्थ भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लागेको दक्षिण कोरियाली पक्षको भनाइ छ । दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्बन्ध तय हुने जानकार बताउँछन् ।

ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मुख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी असुरक्षा सल्लाहकार जोन बोल्टनसँग वासिङटनमा भेटवार्ता गरेका छन् ।

सुरक्षा सल्लाहकारद्वय चुङ र जोनबीच बीचमा सकारात्मक र उत्साहजनक छलफल भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.