नेपालगन्ज कप क्रिकेट : दंगाली गोर्खाजलार्ई उपाधि

नेपालगन्ज कप क्रिकेट : दंगाली गोर्खाजलार्ई उपाधि

कोहलपुर : नेपालगन्ज कप क्रिकेटको उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । कोहलपुरमा बुधबार भएको फाइनलमा पप्पु कन्ट्रक्सन रोल्पा गोरिल्लाजलाई आठ विकेटले पराजित गर्दै दंगाली गोर्खाज च्याम्पियन बनेको हो । दंगाली गोर्खाजले एक लाख ११ हजार नगद प्राप्त गर्‍यो ।

कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा अलआउट हुँदै ८९ रनको योगफल खडा गरेको थियो । रोल्पा गोरिल्लाजको पालिमा कप्तान सौरभ खनालले तीन, रमेश सिंहले एक, आकाश थापाले पाँच, नन्दन यादवले १०, समसुद्दिन अन्सारीले चार तथा भीम सार्कीले तीन रन बनाए । उपविजेता बनेको रोल्पा गोरिल्लाजले ६० हजारमा चित्त बुझायो ।

९० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दंगाली गोर्खाजले आठ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । दंगाली गोर्खाजलाई विजयी बनाउन कप्तान सन्दीप सुनारले आक्रामक ब्याटिङ गर्दै २४ बलमा आठ चौका र दुई छक्काको मद्दतले ४६ रन जोडे । यस्तै मनोज सुनारले अविजित २४ रन बनाए । फाइनल खेलको म्यान अफ दी म्याच दंगाली गोर्खाजका सन्दीप सुनार घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए । यस्तै उत्कृष्ट ब्याट्सम्यान रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भए । यसैगरी उदीयमान खेलाडी दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन पाल्पा योद्धाजका सिद्धान्तराज शाही, फेयर प्ले टिम पनि पाल्पा योद्धाज घोषित भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.