पर्यटक लोभ्याउन लोकल कुखुरा

पर्यटक लोभ्याउन लोकल कुखुरा

बेसीसहर : विश्व प्रख्यात अन्नपूर्ण पदमार्गसँगै गाउँ–गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकलाई खुवाउन लोकल कुखुरा व्यवसाय फस्टाउन थालेको छ ।

अर्गानिक खानासँगै स्थानीय जातका कुखुराको माग बढ्न थालेपछि पर्यटन व्यसायीले यसलाई व्यावसायिक रुप दिएका हुन् । मस्र्याङ्दी गाउँपालिकाको ताघ्रिङ्का पर्यटन व्यवसायी बलबहादुर गुरुङले लोकल कुखुरापालन व्यवसाय सुरु गरेका छन् । प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरी लोकल कुखुरा व्यवसाय सुरु गरेको गुरुङले बताए ।

‘अहिले गाउँगाउँसम्म ब्रोइलर कुखुरा र बजारका खानेकुरा पुगेका छन्’, गुरुङले भने, ‘पर्यटक लोकल र अर्गानिक खोज्छन्, उनीहरूको माग पूरा गर्न आफैंले व्यवसाय सुरु गरेको हो ।’ अर्गानिक वस्तुको उत्पादन गर्नसके पर्यटकीय क्षेत्रकोसमेत प्रवद्र्धन हुने उनले बताए ।

अन्नपूर्ण पदमार्गका साथै होमस्टे रहेका ताघ्रिङको छापा, मिप्रा, घेर्मुको खानीगाउँमा आएका पर्यटकलाई लक्ष्य गरी लोकल कुखुरा व्यवसाय गरेको गुरुङले बताए । गुरुङले चार सय लोकल कुखुरा पालेका छन् । कुखुरा बिक्रीबाट राम्रो आम्दानी भएको उनले बताए ।

ग्रामीण पर्यटन प्रवद्र्धनसँग स्थानीय उत्पादन जोडिएको ताघ्रिङका पदम गुरुङ बताउँछन् । ‘गाउँमा आउने पर्यटक ब्रोइलर कुखुरा खान मान्दैनन्’, उनले भने, ‘सबैको घरमा लोकल कुखुरा हुँदैन । एकजनाले व्यवसाय गर्दा राम्रो आम्दानी हुने गरेको छ ।’

गाउँ घुम्न आउने पर्यटकको खानपिनमा पहिलो माग नै लोकल कुखुरा हुने गरेको छ । स्वाद र सन्तुष्टिका लागि लोकल कुखुराले पर्यटकलाई विशेष आकर्षण गरिरहेको पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउँछन् ।

ग्रामीण पर्यटकीय गाउँ राइनासकोटकी विष्णु गुरुङले पनि गाउँमा आउने पाहुनालाई खुवाउन लोकल कुखुरा व्यवसाय गरेकी छन् । उनको खोरमा दुई सय कुखुरा छन् । ‘गाउँमा आउने पर्यटकलाई कुखुरा नभई हुन्न’, लक्ष्मीले भनिन्, ‘पर्यटकका लागि भनेरै व्यवसाय गरेको हुँ ।’ व्ययवसायबाट राम्रो आम्दानी भएको उनी बताउँछिन् ।

जिल्ला पशुसेवा कार्यालय लमजुङले पनि पर्यटकीय गाउँमा स्थानीय जातका कुखुरा प्रवद्र्धन कार्यक्रम गरेको छ । कुखुराको चल्ला वितरण, खोर निर्माण, तालिमजस्ता कार्यक्रम गरिएको पशु विकास अधिकृत खिला शर्मा घिमिरेले जानकारी दिए ।

पशुसेवा शाखा खुदीका प्रमुख पशु चिकित्सक नारायण कुसुमले गाउँपालिकामा स्थानीय जातका कुखुरा प्रवद्र्धनका लागि कार्यक्रम राखिएको बताए । ‘स्थानीय जातका कुखुरा मासिँदै गए पनि माग बढ्दो छ’, कुसुमले भने, ‘अहिलेको माग पूरा गर्न गाउँपालिकामा स्थानीय जातका कुखुरा पाल्न प्रोत्साहनका कार्यक्रम राखेका छौँ ।’

००

ताघ्रिङका बलबहादुर गुरुङले पालेका लोकल कुखुरा । नवीनराज कुइँकेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.