वैदेशिक रोजगार ठगी मुद्दामा समातिए वडा सदस्य

वैदेशिक रोजगार ठगी मुद्दामा समातिए वडा सदस्य

बेसीशहरः वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा एकजना वडा सदस्य पक्राउ परेका छन् । लमजुङ्गको दुधपोखरी गाउँपालिका–१ का वडा सदस्य भरतप्रसाद भट्टराईलाई विहीबार प्रहरीले पक्राउ गरेको हो । 

भट्टराईलाई दुधपोखरी–१ माझीबारीस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । जिल्लाबाट खटिएको टोलीले उनलाई पक्राउ गरि सदरमुकाम ल्याएको छ । शुक्रबार जिल्ला अदालत बुझाइने प्रहरीले बताएको छ ।

स्थानीय तहको निर्वाचन अघि जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला भएपनि उनी पक्राउ परेका थिएनन् । अदालतले फरार अभियुक्तहरुलाई पक्राउ गर्न ताकेता गरेपछि उनी पक्राउ परेका हुन् । अदालतबाट उनलाई डेढ लाख जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो ।

उनी स्थानीय बागिश्वरी माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेतासमेत हुन् ।

उनले गाउँमा अन्य व्यक्तिलाई पनि बैदेशिक रोजगारीमा पठाउँछु भनेर पैसा खाएको स्थानीयले बताएका छन् । उनी पक्राउ परेसँगै पीडितहरु थप मुद्दा लिएर प्रहरीकोमा आउने तयारी गरेका स्थानीयले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.