निसानामा नक्कली चालक

निसानामा नक्कली चालक

बैतडी : गत फागुन ४ गते पुरचौंडीमा एस्काभेटर चलाउँदै गर्दा चालक दानसिंह रावतको ज्यान गयो। त्यसको २२ दिनपछि दशरथचन्द नगरपालिका–३ दुर्गा भवानीको सडक निर्माणका क्रममा सहचालक भानुभक्त श्रेष्ठको ज्यान गयो। दुवै जनासँग सवारीचालक अनुमतिपत्र नहुँदा अहिले क्षतिपूर्ति पाउने विषयमा झन्झट भएको छ। दुवै घटनामा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले चलाएकै कारण दुर्घटना भएको प्रहरी निष्कर्ष छ।

जिल्लामा स्थानीय तहहरूले एस्काभेटर र डोजर प्रयोग गरेर धमाधम सडक खन्न थालेपछि बिनालाइसेन्स मेसिन चलाउने बढेका छन्। प्रहरीले केही दिनअघि ३३ वटा सडकमा गरेको अनुगमनमा लाइसेन्सबिना हेभी मेसिन चलाउने १० जना फेला पा¥यो। उनीहरूलाई पक्राउ गरेर पहिलो पटकका लागि जरिवाना गरेर छाड्यो।

 ‘जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यवसायी संघका पदाधिकारीसँग समेत छलफल गरेर आगामी दिनमा लाइसेन्स नभएकाहरूले नचालउने सर्तमा जरिवाना गरेर छोड्यौं’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले भने, ‘फेरि पनि चालक अनुमतिपत्र नलिएर मेसिन चलाउनेको कमी भएको छैन। हामीले पछिल्लो समयमा लाइसेन्सबिना एस्काभेटर र डोजर चलाउनेलाई नियन्त्रणमा लिन थालेका छौं।’

नक्कली चालकले चलाएको सवारी दुर्घटनामा मृत्यु हुँदा क्षतिपूर्ति दिलाउन समस्या हुने गरेको छ।

लाइसेन्सबिना एस्काभेटर चलाइरहेका लोकेन्द्रसिंह साउद र कैलाशबहादुर सिंहलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक शर्माले बताए। ‘हामीले पहिलो पटक निर्माण व्यवसायीसँग गरेको सहमतिविपरीत लाइसेन्सबिना मेसिन चलाएको पाइयो। त्यसपछि हामीले पक्राउ गरेर मुद्दा दायर गरेका छौं’, उनले भने।

साउदलाई दशरथचन्द नगरपालिकाको जर्ग जाने सडक निर्माणमा एस्काभेटर चलाइरहेको अवस्थामा र सिंहलाई सुर्नया गाउँपालिकाको गुर्केली हटैराज सडक निर्माणमा मेसिन चलाइरहेका बेला पक्राउ गरिएको हो। उनीहरूले बिनालाइसेन्स मेसिन चलाएको पाइएकाले पक्राउ गरिएको प्रहरीले भनाइ छ।

सडक निर्माणका लागि मेसिन भित्रिएसँगै चालक अनुमतिपत्र नभएका चालकले मेसिन चलाउन थालेपछि प्रहरीले अनुगमन थालेको हो। ‘कानुनी हिसाबले पनि बिनालाइसेन्स मेसिन चलाउन पाइँदैन। दुर्घटना भए क्षतिपूर्ति उपलब्ध गराउने कुरामा पनि समस्या हुन्छ। त्यसैले हामीले जिल्लाभर निर्माणाधीन सडकमा अनुगमन गरिरहेका छौं।’

स्थानीय तह तथा निर्माण व्यवसायीले पनि लाइसेन्स भएका चालकलाई मात्रै मेसिन चलाउन दिन प्रहरीले आग्रह गरेको छ। बिनालाइसेन्स मेसिन चलाएको पाइए सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने शर्माले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.