राजमार्गमा जाम बढेपछि नयाँ नियम

राजमार्गमा जाम बढेपछि नयाँ नियम

दमौली : ‘पिक आवर’मा सवारीको अत्यधिक चापका कारण पृथ्वी राजमार्गमा नियमितजसो जाम हुन थालेपछि व्यास नगरपालिकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन दैनिकजसो कारवाहीमा पर्न थालेका छन् ।

पृथ्वी राजमार्गमा बिहान तथा साँझ जाम भएर यातायात आवागमन प्रभावित भएपछि नगरपालिकाको सक्रियतामा बसेको सर्वपक्षीय बैठकपश्चात् दमौलीमा नयाँ ट्राफिक नियम लागु गरिएको छ । नयाँ नियमले कार्यालय खुल्ने समय तथा कार्यालय बन्द हुने समयमा मालबाहक सवारीलाई बजार प्रवेशमा रोक लगाएको छ ।

बिहान साढे ९ बजेबाट १ घण्टा तथा दिउँसो साढे ४ बजेबाट १ घण्टा मालबाहक सवारीलाई पृथ्वी राजमार्ग तथा दमौली बजारमा प्रवेश रोक लगाइएको हो । यसैगरी बजारका डांग्रेखोल्सीबाट भेटघाट चोकतर्फ जाने एकतर्फी र कालिका मार्गबाट पृथ्वी राजमार्गमा जाने गरी एकतर्फी सवारी चलाउने नियम लागु भएको छ । यसले ‘पिक आवर’मा सवारीको चाप कम भई यातायात आवागमनमा अवरोध कम हुने नगरपालिकाको विश्वास छ ।

राजमार्ग हुँदै काठमाडौं तथा पोखरा आवतजावत गर्ने सवारीमा पनि आन्तरिक यातायातको आवागमन व्यवस्थित नहुँदा जाममा पर्ने समस्या हट्ने विश्वास गरिएको ट्राफिक अधिकारीले जानकारी दिएको छ । तनहुँका ट्राफिक प्रमुख कृष्णबहादुर क्षत्रीले भने, ‘नियमको पूर्ण पालना भएमा अहिलेको समस्या केही हदसम्म कम हुन्छ ।’ ट्राफिकले वैशाखको सुरुबाटै लागु भएको नियम केही दिन सम्झाउन प्रयास गरे पनि अटेर गर्नेमाथि कारवाही थालेको छ । ‘नियम पालनामा हामीले कडाइ गरेका छौं’, क्षत्रीले भने ।

अहिले दैनिक कम्तीमा ४ देखि ५ सवारी कारवाहीमा पर्न थालेका छन् । नियम उल्लंघन गर्ने सरकारी सवारीसाधनमाथि पनि कारवाही गरिएको उनले जानकारी दिए । पर्याप्त जनशक्ति नभएकाले सबै भागमा निगरानी सम्भव नभए पनि मुख्य नाकामा निगरानी बढाइएको उनले बताए । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बजारको यातायात व्यवस्थापन गर्न नयाँ नियमले सहजता आउने विश्वास गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.