गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डोटी :  डोटीको बुडरमा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुडरका अनुसार शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरातर्फ गइरहेको १६ च ८७८२ नं को स्करपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका २ उल्टा खाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्टको मृत्यु भएको हो ।

तीव्रगतिमा गइरहेको स्कारपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका २ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरिक्षक हर्कबहादुर चन्दले जानकारी दिए । ठक्कर दिने स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.