लालबाबु भन्छन् : खटाएकाे ठाउँमा नजानेले जागिर छोड्नुहोस्

लालबाबु भन्छन्  : खटाएकाे ठाउँमा नजानेले जागिर छोड्नुहोस्

भैरहवा : संघिय मामिला तथा समान्य प्रशसान मन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई जागिर अघि राष्ट्रको नाममा खाएको सपथ सम्झिनलाई आग्रह गरेका छन्।

सरकारले खटाएको जुनसुकै ठाउँमा २४ घण्टा भित्र हाजिर भएर सेवा दिने भन्दै जागिर अघि खाएको सपथ कर्मचारीहरुले बिर्सिन नमिल्ने बताउँदै उनले सरकारले खटाएको जुनसुकै ठाउँमा कर्मचारी जानुपर्ने बताए।

कर्मचारीहरुले जागिर अघि सरकारले खटाएको जुनसुकै ठाउँमा २४ घण्टा भित्र हाजिर भएर सेवा दिने भन्ने सपथ खानुभएको छ उनले भने खाएको सपथ कहि कतै कसैले बिर्सिनुभएको छ भने म सम्झाउन चाहान्छु।

केन्द्र, प्रदेश र स्थानिय तीनवटै तहमा कर्मचारीहरुको व्यवस्थापन भइरहेको बताउँदै उनले थपे सरकारले खटाएको ठाउँमा म जान्न भन्न पाउनुहुन्न। सरकारले खटाएको ठाउँमा जानुपर्छ।

उनले खटाएको ठाउँमा जानका लागि कर्मचारीहरुले माग गरेको सुविधा दिन नमिल्ने उल्लेख गर्दै कर्मचारीको तलब, भत्ता वृद्धिको विषयको बजेट विनियोजनको क्रममा छलफल गर्ने सकिने बताए।

उनले भने यदि कसैले सरकारले आफु खटाएको ठाउँमा जाने तर विशेष सुविधा लिएर मात्रै जाने भन्ने सोचमा हुनुहहुन्छ भने त्यस्तो कुनै पनि सुविधा सरकारले दिदैन। तलब भत्ता वृद्धिको कुरा छ भने बजेट अघि छलफल गर्न सकिन्छ।

उनले सरकारले कर्मचारीलाई जान चाहेको १५ स्थान लिखित दिन सक्ने र ती स्थान मध्ये सरकारले एक स्थानमा पठाउने हुदाँ कर्मचारीको लागि सुविधा रहेको बताए।

उनले अहिलेको सरकार स्थिर रहेको कारण विकास, सुशासन र पारदर्शी सेवाको लागि कन्जुसयाई नहुने बताउँदै दण्डहिता कार्य स्विकार्य नहुने बताए।

त्यस्तै एमाले र माओवादी केन्द्रको बिच एकताको विषयमा उनले छलफल भइरहेको कारण छिटै एकता हुने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.