हात्ती आक्रमणबाट मृत्यु भएकी दुर्गीदेवीको परिवारलाई सहयोग

हात्ती आक्रमणबाट मृत्यु भएकी दुर्गीदेवीको परिवारलाई सहयोग

राजविराज : कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएकी दुर्गीदेवी यादवको परिवारलाई कञ्चनरुप नगरपालिकाले  सहयोग गरेको छ।नगरपालिकाले यादवको परिवारलाई शुक्रबार आर्थिक सहयोग गरेको छ।

हात्तीको आक्रमणमा परी मृत्यु भएकी कन्चनरुप-११ भुवनपट्टीकी ४० वर्षीया दुर्गीदेवीका श्रीमान राजाराम यादवलाई नगरपालिका कार्यालयको टोली घरमै पुगेर सहयोगस्वरुप १० हजार नगद उपलब्ध गराएको हो।

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले पीडित परिवारलाई संवेदना दिँदै सहयोग रकम हस्तान्तरण गरे। दुर्गीदेवीको गत मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। घटनालगत्तै नगर प्रमुख मिश्रले मंगलबार बिहान घटनास्थलको निरीक्षण समेत गरेका थिए।

आरक्षबाट आउने हात्ती, अर्ना, भालुले घरपालुवा पशुचौपाया र मानिसलाई आक्रमण गरेर ज्यान लिदै आएपनि समस्या समाधान हुन नसक्दा सप्तरीको उत्तरीपूर्वी क्षेत्रका बासिन्दा आतंकित छन्।आरक्षले समस्या समाधानमा चासो नदिएको भन्दै नगरपालिकाको टोली सरकारसमक्ष डेलिगेसन जाने तयारीमा रहेको प्रमुख मिश्रले बताए। मानवीय क्षतिले बढी चिन्तित बनाएको भन्दै प्रमुख मिश्रले नियन्त्रणका लागि सक्दो प्रयास गर्ने बताए।

यसअघि फागुन १ गते कञ्चनरुप ५ की मञ्जुदेवी साह र दुर्गीदेवी मुखिया, मंसिर १३ गते कञ्चनरूप १० की फूलवादेवी यादव, कात्तिक १९ गते कञ्चनरूप १२ का बिर्खबहादुर बिक, ०७३ चैत २२ गते हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, ०७३ पुस ९ गते भारदह ९ का रघुनाथ खंग, ०७३ कात्तिक १८ गते बैरवा ८ का अल्लाउद्दिन खाँ, ०७३ असार २८ गते कञ्चनरूप १० की संगीताकुमारी यादवको हात्तीले ज्यान लिएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.