पोखरामा नेपाल आइडलको अडिसन सुरु (फोटोसहित )

पोखरामा नेपाल आइडलको अडिसन सुरु (फोटोसहित )

पोखरा : विश्वस्तरीय विग रियालिटि शो नेपाल आइडलको दोस्रो सिजनको अडिसन शुक्राबार पोखरामा सुरु भएको छ। पोखराको सिमलचौरस्थित जनप्रिय माध्यामिक विद्यालयमा शुक्रबार प्रथम चरणको अडिसन सुरु भएको हो। शनिबार पोखराको लेकसाइडस्थित होटल माउण्ट कैलाशमा अडिसन हुने छ। 

अडिसनका लागि बिहान ८ बजे देखि साँझ ४ बजेसम्म सहभगी उपस्थित हुनुपर्ने छ। रजिष्ट्रेसन फर्म अडिसन स्लथमा निशुल्क उपलब्ध भइरहेको छ। फर्म भर्न समय कम लागोस् भन्ने उद्देश्यले अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको फर्मसमेत अडिसन स्थलमा उपल्ध गराइएको छ। पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा भएकोले पोखरेली दोस्रो सिजनको नेपाल आइडल पनि पोखरेली नै हुनेमा आशावादी छन्। अडिसनमा युवाको आकर्षण बढेको छ। 

नेपाल आइडलमा नेपालीका साथै नेपालभित्र बोलिने हरेक भाषामा अडिसन दिन पाइने र निर्णायले आवश्यक देखे नेपाली भाषामा पनि अडिसन दिन तयार हुनुपर्ने नेपाल आइडलका आयोजकले बताएका छन्। नेपाल आइडलमा १६ वर्षदेखि ३० वर्षबीचकाले भाग लिन सक्ने नेपाल आइडलका प्रोजेक्ट हेड तथा डाइरेक्टर सुरेश पौडेलले बताए। 

नेपाल आइडलको दोस्रो सिजनको उपाधि विजेतालाई प्राप्त हुने पुरस्कारका बारेमा सबै अडिसनहरु समाप्त भैसकेपछि घोषण हुनेछ। नेपाल आइडल एपीवान टेलिभिजनले निर्माण र प्रसारण गरे पनि नेपालकै गर्वको विषय भएको प्रोजेक्ट हेड पौडेलले बताए।

पहिलो संस्करणको नेपाल आइडल अत्याधिक सफल भएको र दोस्रो सिजनलाई  पनि दर्शक, संगीत प्रेमी, कलाकारले उतिकै माया दिने निर्णयक इन्दिरा जोशीले विश्वास गरिन्। नेपाली संगीत क्षेत्रको उत्कृष्ट कलाकारको खोजिका लागि नेपाल आइडल दोस्रो सिजन थप महत्वपूर्ण हुने उनको विश्वास छ। 

यस अघि धनगढी, नेपालगञ्ज, हेटौडा, धरानमा अडिसन सकेर टिम पोखरा आएको हो। त्यस पछि काठमाडौंमा अडिसन हुने छ। एपीवान टेलिभिजनले नेपाल आइडल ३४ मागमा प्रशारण गर्ने छ। यहि साउन १० गतेदेखि हप्ताको दुई दिन प्रसारण हुने आयोगकले बताएका छन्। 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.